• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, International, News » सुत्केरी श्रीमतीको शल्यक्रिया गरेको भन्दै पतिद्वारा यसरी गोली प्रहार
सुत्केरी श्रीमतीको शल्यक्रिया गरेको भन्दै पतिद्वारा यसरी गोली प्रहार


5748470bc36188d9758b4585

साउदी – साउदीमा एक व्यक्तीले आफ्नी श्रीमती सुत्केरी हुदाँ शल्यक्रियमा संलग्न रहेका चिकित्सकलाई गोली प्रहार गरेका छन् । श्रीमती सुत्केरी पुरुष डाक्टरको उपस्थिति आवश्यक नरहेको भन्दै उनले गोली प्रहार गरेका हुन् । यसअघि साउदीको राजधानी रियादस्थित किङ फहाद मेडिकल सिटीमा उनकी श्रीमतीले बच्चालाई जन्म दिएकी थिइन् । श्रीमती सुत्केरी भएसँगै उनका श्रीमान् अस्पताल पुगे र उनले डाक्टर मुहानद अल जब्नलाई भेटे । उनले डाक्टरलाई धन्यवाद दिने भन्दै भेट मागेका थिए । त्यसपछि उनले बगैँचामा डाक्टरसँग भेटे र कपडामा लुकाइराखेको बन्दूक झिकेर उनीमाथि प्रहार गरे । 

‘सुत्केरी महिलाका श्रीमान् डाक्टरलाई भेट्न भनेर आएका थिए । तर उनले उल्टै गोली प्रहार गरेर डाक्टरको हत्या प्रहार गरे ।’– अस्पतालका प्रवक्तालाई उद्धृत गर्दै अल अरबी समाचारपत्रले लेखेको छ । यस प्रकरणपछि प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्दै घटनाको छानविन जारी राखेको छ । साउदीको कानूनले लैङिक असमानतालाई रक्षा गर्छ । त्यहाँ महिलाहरुलाई पूरुषहरुले छुन पाउँदैनन् । सन् २०१४ मा रियालको एक चर्चित विश्वविद्यालयमा एक महिला विद्यार्थी हृदयघातको शिकार भएकी थिइन् । त्यतिबेला पूरुष डाक्टरहरु त्यहाँ उपस्थित थिए । तर उनीहरुले कानूनी जटिलताका कारण महिलालाई उपचार गर्न पाएनन् र ति महिलाको निधन भयो ।


Labels: Health, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com