• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Entertainment, International, News » चीनबाट नेपालको लागी रेल गुडेपछि भारतभर हंगामा, हतियार समेत आउने भन्दै त्रास
चीनबाट नेपालको लागी रेल गुडेपछि भारतभर हंगामा, हतियार समेत आउने भन्दै त्रास


Chinese-Train-to-Nepal-1

नेपालमा भूकम्प गएपछि समाचार संकलन गर्न आएका भारतीय संचारकर्मीहरुको हरकतलाई लिएर नेपालमा त बिरोध भयो नै भारतमा पनि त्यसको चर्को बिरोध गरियो । भारतका वरिष्ठ संचारकर्मीहरुले भारतीय मिडिया संसारमै सबभन्दा खराब रहेको टिप्पणी पनि गरे । यसको अर्को उदाहरण भारतको न्यूज २४ ले दिएको छ । चीनबाट नेपालका लागि सामग्री लिएर कार्गो रेल सिगात्से आउँदै गरेको समाचारलाई लिएर सो मिडियाले त्यसबाट हतियार आउनसक्ने भन्दै भ्रम फैलाउने काम गर्यो । 

न्यूज २४ ले भविष्यमा नेपाल र भारतबीच युद्ध हुनसक्ने आशंका उठाउँदै यदि भारतले आक्रमण गरेरमा त्यसका लागि नेपाल सक्षम होस् भनेर हतियार पठाउन सक्छ । उसले लेखेको छ, चीनले नेपालमा आफ्नो दवाव बढाउँदै रेल र सडक सेवा सुरु गरेको छ । नेपाली जनताको दैनिक आवश्यकता परा गर्न र भारत निर्भरता घटाउन चीनले यो कदम चालेको हो । 

चीनले नेपालमा यी सामानसंगै हतियार पनि पठाउनसक्ने आशंका गर्दैै चीन पाकिस्तान र नेपाललाई उपयोग गरेर भारतलाई समस्यामा पार्ने रणनीतिमा लागेको छ । यो समाचारको सत्यता कति छ भन्नेमा सबै जानकार छनु । तर पनि भारतीय मिडियाहरु हुँदै नभएको विषयलाई लिएर ठूलो हौवा खडा गरी सत्य सावित गर्ने प्रयास गर्दछन् । उनीहरुमा बेलायती उपनिवेशकालीन मानसिकता अझै कायमै छ । यो मानसिकता राजनीतिक र प्रशासनिक तहमा पनि छ । 

भारतसंग सीमा जोडिएका दक्षिण एसियाका मुलुकहरुले अर्को देशसंग सम्बन्ध बढाउँदा समेत भारतको टाउको दुख्छ । उनीहरु यसलाई भारतबिरुद्धको खेल भन्दै पर्चावाजी सुरु गर्दछन् । संविधान जारी भएपछि भारतले संविधानबिरुद्ध भ्रम छर्दैगएको त्यसलाई भारतीय संचार माध्यमले मलजल गरेको जगजाहेर विषय हो । भारतकै नाकाबन्दीले नेपालले चीनसंग व्यापार तथा पारवहन सम्झौता गरेपछि चीन र नेपालबिरुद्ध चर्को बिरोध गर्दैआएका उनीहरुले पछिल्लो कदम त्यही मेसोमा केन्द्रित छ ।

Labels: Entertainment, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com