• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, News » यौनपिपासु बाबुले आफ्नै दुई नाबालिका छोरीहरुलाई रक्सी खुवाएर बलात्कार गरे पछी ........
यौनपिपासु बाबुले आफ्नै दुई नाबालिका छोरीहरुलाई रक्सी खुवाएर बलात्कार गरे पछी ........



सुर्खेत, एक यौनपिपासु बाबुले आफ्नै दुई नाबालिका छोरीहरुलाई रक्सी खुवाएर बलात्कार गरेका छन । सदरमुकाम वीरेन्द्रनगरसंगै जोडिएको उत्तरगंगा गाविसका मदनबहादुर (नाम परिवर्तन) ले यही फागुन ११ गते राती आफ्नै पाँच बर्षीया छोरीलाई रक्सी खुवाएर बलात्कार गरेको खुलेको छ ।श्रीमतीले अर्को विहे गरेर गएपछि दुई छोरी बाबुसंग बस्दै आएका थिए । 

उनले यसअघि जेठी छोरी सात वर्षीया वालिकालाई पनि बलात्कार गरेको छिमेकीहरुको भनाई छ । घटना भएको दिनभन्दा पनि अगाडिबाटै आफ्ना दुई छोरीहरुलाई बाबुले बलात्कार गर्दै आएको उनीहरु बताउँछन् ।बलात्कार गरेपछि कसैलाई भनेमा मारीदिने धम्की दिएकोले उनीहरुले घटना लुकाएका थिए । स्थानीय छिमेकी जीवन सुनारका अनुसार आफूहरु बनको गस्तीमा गएको बखत फागुन ११ गते राती घरमा बच्चाहरु रोएको थाहा पाएपछि गएको तर बाबुले हँसिया समाएर उल्टै धम्की दिएका थिए ।

भोलिपल्ट घरमा जाँदा बाबु भागिसकेको तर दुई छोरीहरु हिंड्न नसक्ने भएर पल्टिरहेकोले चन्दा उठाएर स्थानीय मेडिकलमा उपचार गराइएको जानकारी उनले दिए । छोरीहरुलाई सोध्दा बाबुले बलात्कार गरेको, आफू चिच्याउँदा बन्चरोको विँडले हानेर हात भाँच्चिएको बताएपछि बाँगेसिमलस्थित प्रहरी चौकीमा गइ उजुरी गरेर बाबुलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छिमेकी सुनारले बताए ।

उनका अनुसार जेठी छोरीको बायाँ हात भाँच्चिएको छ भने कान्छी छोरीको खुट्टा चोट लागेको छ । जेठी छोरीको हात प्लास्टर गर्नुपर्ने भएकोले रकम अभाव भएपछि उनीहरु उपचारविहीन भएर बस्नुपरेको जानकारी दिदैं उनले उपचारमा सहयोग गरिदिन सवैसंग आग्रह पनि गरे ।फागुन ११ गते राती बाबुले मदिरा सेवन गरी आफूहरुलाई पनि खुवाएको र आफूमाथि जबर्जस्ती गर्न खोज्दा चिच्याएपछि बन्चरोको बिडले हानेर हात भाँचिदिएको सात वर्षीया वालिकाले बताइन् । 

आफू चिच्चाएपछि बाबुले बहिनीलाई पनि पिट्दै जबर्जस्ती गरेको उनको भनाइ छ ।आफूहरुमाथि जबर्जस्ती गरेको कुरा बाहिर कसैलाई भनेमा मारिदिन्छु भनेर बुवाले धम्की दिएकोले आफूले कसैलाई नभनेको उनले बताइन् । यौनपिपासु बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजु मानन्धरका अनुसार मदनबहादुरलाई जबर्जस्ती करणीको मुद्दा दायर गरी अनुसन्धान गरिरहेको बताए ।यता कानुनमा बालिकालाई जबर्जस्ती करणी गरेमा मुद्दामा १० बर्षदेखि १५ बर्ष कैद सजाय हुने प्रावधान छ । अधिवक्ता नन्द भण्डारीका अनुसार मदनबहादुरको हकमा भने कैद समय थप हुनेछ । उनीमाथि बालिका जबर्जस्ती करणीका साथै हाडनाता करणी पनि भएकोले १८ बर्षदेखि २० बर्षसम्म कैद र अदालतले उचित क्षतिपुर्ती पनि भराउन सक्ने प्रावधान छ ।

श्रोत : ए बि सी नेपाल 

Labels: Comedy, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com