• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, International, News » भारतका लागि नेपाली राजदुत फिर्ता बोलाए पछि भारतले नेपाली दुतावासमा भारतीय सेना खटायो
भारतका लागि नेपाली राजदुत फिर्ता बोलाए पछि भारतले नेपाली दुतावासमा भारतीय सेना खटायो


indian-reserve-battalion

भारत सरकारले कुटनीतिक निकायको सेवा–सुरक्षार्थ गठन गरेको प्रहरी बल (इन्डियन रिजर्भ बटालियन)लाई बाराखम्बास्थित नेपाली दुतावास परिसरमा पनि खटाएको छ । नेपाली दुतावासको अनुरोधमा पारस्परिक–सुविधा (रेसिप्रोकल)को प्रावधानमा गृह मन्त्रालयले तत्कालका लागि १० सशस्त्र प्रहरीको बटालियन खटाइदिएको छ । काठमाडौंको लैनचौरस्थित भारतीय दुतावासमा पनि नेपाल प्रहरीका झण्डै डेढ दर्जन सुरक्षाकर्मी कुटनीतिक सेवा/सुरक्षामा खटिँदै आएका छन् । 

‘कुटनीतिक सेवा/सहुलियतको रेसिप्रोकल प्रावधानअनुसार हामीले कुटनीतिक निकायको सुरक्षाका निम्ति आग्रह गरेका थियौं,’ दुतावासमा सुरक्षा मामला हेर्ने काउन्सलर एसएसपी यादवराज खनालले बताए । भारतमा रहेका अन्य कुटनीतिक निकाय/कार्यालयमा समेत सुरक्षा सेवाका लागि इन्डियन रिजर्भ बटालियनको प्रहरी टोली खटाइएको छ । 

बटालियनको सिक्किम प्रहरीअन्तर्गतको नेपालीभाषी प्रहरी टोलीलाई नेपाली दुतावासमा खटाइएको छ । टोलीले दुतावास कार्यालय र आवासीय कुटनीतिक क्षेत्रको सुरक्षा निगरानी गर्नेछ । बिशेषत जन्तरमन्तर क्षेत्रमा आयोजना भइरहने धर्ना/हड्तालमा जाने क्रममा बाराखम्बा रोड हुँदै जुलुस आवतजावत गर्दा नेपाली दुतावास परिसरमा असुरक्षा बढेकोबारे गुनासो बढेपछि गृह मन्त्रालयले यसै साताबाट कुटनीतिक नियोग सुरक्षार्थ रिजर्भ बटालियन खटाएको एक अधिकारीले बताए । 

यसअघि दुतावासले खटाएका स्थानीय कर्मचारीले दुतावास सुरक्षाको जिम्मेवारी पाएका थिए । तर, स्थानीय दरबन्दीमा २० भन्दाबढी कर्मचारी राख्न नमिल्ने भनेर नेपाल सरकारले परिपत्र जारी गरेपछि सुरक्षामा खटिएका कर्मचारीसहितलाई अवकाश दिने निर्णय बाहिर आइसकेको छ । दुतावासले अवकाश दिइने भनेर छनौट गरेका स्थानीय दरबन्दीका नेपाली तथा भारतीय कर्मचारीसँग ‘स्थायी सेवा’को आधिकारिक कागजात रहेकाले कर्मचारी हटाउने निर्णय कार्यान्वयनमा आइसकेको छैन ।

Labels: Comedy, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com