• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » एमालेले भन्यो – प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्न तयार छौं
एमालेले भन्यो – प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्न तयार छौं


काठमाडौं– एमालेले केपी ओली नेतृत्वको सरकारलाई नीति तथा कार्यक्रम ल्याउन एमाओवादीले सहयोग सो लगत्तै प्रचण्लाई प्रधानमन्त्रीमा समर्थन गर्न सकिने बताएको छ । आज अबेर प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाओवादीसँगको छलफलमा एमालेले यस्तो बताएको हो । तर, बैठकमा बलियो सत्ता साझेदार दलले एकाएक सरकार परिवर्तनबारे लबिङ गरेको भन्दै एमाले नेताहरुले आश्चर्य प्रकट गरेका थिए । 

बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले संविधानको कार्यन्वयन तथा भुकम्पपछिको पुर्ननिर्माण सबै दलहरु मिलेर गर्नुपर्ने बेलामा एमाओवादी सरकार बदल्ने खेलमा लागेको भन्दै आपत्ती जनाए । यद्यपी उनले सरकार परिवर्तन एमाओवादीले चहेकै हो भने पहिला नीति तथा कार्यक्रम ल्याउन दिनु पर्ने र त्यसपछि उसैलाई एमालेले प्रधानमन्त्रीमा समर्थन गर्ने बताए । बैठकमा एमाओवादीले भने सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अब पनि सहयोग गर्न नसकिने भन्दै आफूले राष्ट्रिय सरकारको निर्माणका लागि थालेको अभियानमा सहयोग गर्न एमालेलाई आग्रह गरेको थियो । यसैबीच भोलि फेरि एमालेको बैठक बस्ने भएको छ । बैठकले पछिल्ले राजनीतिक घटनक्रमबारे ठोस धारणा तय गर्ने बताइएको छ । 

छलफलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु तथा एमाओवादीकातर्फबाट अध्यक्ष प्रचण्ड , उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताको सहभागिता थियो । एमाओवादीसहितको सत्ता गठबन्धनको बैठक बस्नुअघि एमाओवादीबाहेकको सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकले एमाओवादीलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । आज बिहान एमाओवादीको स्थायी समिति बैठकले ओली सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न पहल थाल्ने भन्दै त्यसमा सघाउन सबै दलसँग आग्रह गरेसँगै राजनीति नयाँ मोडमा पुगेको छ ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com