• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
International, News, Prabash » अत्यन्तै दुखद खबर: साउदी अरबमा एक नेपाली नागरिकको भारतीयद्वारा हत्या
अत्यन्तै दुखद खबर: साउदी अरबमा एक नेपाली नागरिकको भारतीयद्वारा हत्या

रवि रोषी, दोहा । साउदी अरबको रियादमा गत १९ जूनमा एक नेपालीको हत्या भएको छ । विगत ५ बर्ष देखि साउदी अरबको रियाद स्थित काम गर्दै आएका लुम्बिनी संस्कृत नगरपालिका वार्ड नं.९ रुपन्देही बस्ने बसलत शेखका छोरा मुजिबुद्धिन शेखको भारत उत्तर प्रदेश सिद्धार्थनगर सुल्तानपुर निवासी साजिद चुरिहारले हत्या गरेका हुन् । रोजा खोल्न बसेका शेखलाई उत्तर प्रदेश निवासी साजिदले कुर्चि प्रहार गरी हत्या गरेको खुल्न आएको छ । 
 
घटनाको बारेमा जानकारी दिंदै अजिजुर रहमान शेखले भने, अन्दाजी २९ बर्षीय मृतक शेख र हत्यारा साजिद एकै कम्पनीमा काम गर्दै र एउटै रुममा बस्दै आएका थिए । मृतक शेखले सधैं भारतीय नागरिक साजिदलाई खाना पकाएर खुवाउदै आएका थिए । आफुले खाना अलग बनाएर खान थालेपछि त्यसै विषयलाई लिएर साजिदले रोजा खोल्न बसेका शेखलाई कुर्चीले प्रहार गरेको बताए । 
 
रिसको आवेशमा आई भारतीय नागरिक साजिदले कुर्ची प्रहार गर्दा कुर्चीको खुट्टाले शेखको टाउको र आँखामा गहिरो चोट लाग्न पुगेकोले मृत्यु हुन पुगेको समाचार साउदीबाट उनका निकटतम व्यक्तिले खबर गरेको उनी बताउँछन् । 
 
हत्या भएको जानकारी प्राप्त हुने बित्तिकै साजिद चुरिहारलाई साउदी अरबका प्रहरीले आफ्नो नियन्त्रणमा लिई थुनामा राखेर थप छानवीन गरिरहेको पनि शेखका निकटतम व्यक्तिले साउदीबाट जानकारी गराए । 
मृतक शेखको नेपालमा बुवा, आमा, श्रीमती र एक नाबालक छोरी मात्र रहेको अजिजुर रहमान शेखले बताए ।

श्रोत: डी सी नेपाल 

Labels: International, News, Prabash

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com