यी हुन आफ्नै पार्टीका बरिष्ठ नेतालाई अश्लिल तस्विर पठाउने भारतीय कांग्रेस नेतृ
एजेन्सी । भारतको झारखण्डमा कांग्रेसकी महिला नेतृले आफ्नै पार्टीका वरिष्ठ नेतालाई अश्लिल तस्विर पठाएपछि उक्त तस्विर एकाएक भाईरल भएको छ ।
यसैबिच उनलाई पार्टीले दिइरहेको जिम्मेवारी र पदबाट बर्खास्त गरेको छ ।भारतीय पत्रिका दैनिक भाष्करका अनुसार जमशेदपुरको कांग्रेस महिला जिल्ला अध्यक्ष मंजीत आनन्द माथि कांग्रेसका बरिष्ठ नेता एवं पूर्वमन्त्री दुलाल भूइयालाई ह्वाट्सअपमा अश्लिल तस्विर पठाएको आरोप लागेको छ ।
उनले दुलाललाई म्यासेज पनि गरेकी थिइन् । करिव १० मिनेटको अन्तरालमा भाइरल बनेको त्यो अश्लिल तस्विरले उनलाई पदबाट वर्खास्त हुने अवस्थामा पुराएको हो । पोष्ट गरेको केही समयमै जिल्ला र प्रदेशका नेताहरुमाझ यो तस्विर भाइरल बनिसकेको थियो ।
आफूलाई अश्लिल तस्विर आएको खवर आफूले आफूभन्दा माथिका नेताहरुलाई जानकारी दिइसकेको दुलाल बताउछन् । मंजीतले भने यसबारेमा आफ्नो प्रतिक्रिया दिएकी छैनन् । (भारतीय सञ्चार माध्यमको सहयोगमा)

0 comments
Write Down Your Responses