• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, News » २१ दिन लामो अनुसन्धानपश्चात मनिषाको हत्या प्रेमीले नै गरेको निश्कर्षसहित प्रहरीले चलायो ज्यान मुद्दा
२१ दिन लामो अनुसन्धानपश्चात मनिषाको हत्या प्रेमीले नै गरेको निश्कर्षसहित प्रहरीले चलायो ज्यान मुद्दा



काठमाडौं–फुटबलर बिमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । मनिषाको हत्यापश्चात प्रहरीले उनको प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीलाई तत्काल पक्राउ गरी अनुसन्धान थालेको थियो ।

मनिषा हत्यामा आशिष नै संलग्न भएको भन्दै नवलपरासी प्रहरीले आज चौधरीमाथि मुद्दा चलाएको छ । प्रहरीले पेश गरेको फाइल अनुसार सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले आज जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो ।

आशिषले नै मनिषाको हत्या गरेको प्रहरी अनुसन्धामा देखिएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक प्रकाश सापकोटा भने, ‘२१ दिन लामो अनुसन्धानपश्चात घटनास्थलमा फेला परेका प्रमाणका आधारमा नवलपरासी प्रहरी आशिषले नै मनिषाको हत्या गरेको निश्कर्षमा पुगेको हो ।’

‘अनुसन्धान सकिएपछि तत्कालै हामीले घटनाबारे सरकारी वकिलको कार्यालय नवलपरासीमा बुझाइसकेका थियौं,’ सापकोटाले भने ।

प्रेम सम्बन्धका कारण चौधरीले मनिषाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । ‘मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड र मोबाइल म्यासेजमार्फत भएको कुराकानी लगायतका विषयमा अनुसन्धान गर्दा उनीहरुबीच प्रेम सम्बन्धको विषयलाई लिएर झगडा भएको देखिन्छ ।’ सापकोटाले भने ।

गत जेठ १२ गते मनिषा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । मृत अवस्थामा भेटिएपछि उनको प्रेमी आशिषलाई प्रहरीले नियन्त्रणमा लिई उनको पोलिग्राफ टेष्टसमेत गरिएको थियो । पोलिग्राफ टेष्टमा चौधरीले आफूले मनिषाको हत्या नगरेको बताएका थिए ।

Labels: Comedy, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com