• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Entertainment, Health, News » शिक्षकले फुटाई दिए विद्यार्थीको कानको जाली
शिक्षकले फुटाई दिए विद्यार्थीको कानको जाली



धनगढी–गृहकार्य नगरेको भन्दै धनगढीमा रहेको ऐश्वर्य विद्या निकेतनका शिक्षक चक्र जोशीले कक्षा ९ मा अध्ययनरत माधव केसीलाई कुटपिट गरी कानको जाली फुटाइ दिएका छन् । जोशीले कक्षा ९ मा अध्ययनरत माधव केसीलाई बेस्सरी कुटेर कानको जाली फुटालि दिएको विद्यार्थीका अभिभावक चक्र केसीले बताए । 

आइतबार कक्षामा अध्यापन गर्न गएका जोशीले गृहकार्य नगरेको भन्दै कुटपीट गरेका सहपाठीहरुले बताएका छन् । होमवर्क नगरेको आरोपमा विद्यार्थीलाई भकुर्ने शिक्षकलाई कारबाही गर्नुको साटो उल्टै पीडित विद्यार्थीलाई अनुशासनहीन भनेर आरोप लगाउँदै विद्यालयबाट निष्काशन गर्ने धम्की विद्यालय व्यवस्थापन समितिले दिएको छ । सो विद्यालयका प्रधानाध्यापक धर्मदेब भट्टले भने विद्यार्थी केसीले शिक्षकमाथि जाइलागेकोले उनलाई विद्यालयमा राख्न नसकिने बताए ।

Labels: Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com