• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, News » बरिष्ठ संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मान सहित यसरी अन्त्येष्टि गरियो
बरिष्ठ संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मान सहित यसरी अन्त्येष्टि गरियो


ambar gurung death (2)

२५ जेठ, काठमाडौं । दिवंगत वरिष्ठ संगीतकार अम्बर गुरुङको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । हिन्दु र वौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । आर्यघाटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाइ स्वर्गीय गुरुङप्रति सम्मान प्रकट गरे । 

तीन छोरामध्ये जेठा छोरा किशोरले दागबत्ती दिएका थिए । अन्तिम संस्कार गर्ने क्रममा बौद्ध लामाले बौद्ध संस्कारअनुसार मन्त्रोच्चारण गरेका थिए । त्यस्तै नेपाली सेना र नेपाल प्रहरीले सलामी अर्पण गरेका थिए । गीतकार र गायकसमेत रहेका गुरुङको ७९ वर्षको उमेरमा मंगलबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । यसअघि उनको पार्थिव शरिर अस्पतालबाट ल्याएर प्रज्ञा भवन कमलादीमा राखिएको थियो । कमलादीबाट शवयात्रासहित आर्यघाट पुर्‍याइएको थियो । गुरुङको अन्तिम बिदाइमा गीत–सङ्गीत क्षेत्रका व्यक्ति र सर्वसाधारण सहभागी थिए ।

Labels: Comedy, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com