• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, International, News, Prabash » अफगानिस्तानको काबुलमा आतंककारी हमलामा मृत्यु हुने १२ नेपालीको सब काठमाडौँ आइपुग्यो
अफगानिस्तानको काबुलमा आतंककारी हमलामा मृत्यु हुने १२ नेपालीको सब काठमाडौँ आइपुग्यो

kp_oli
काठमाडौं, ८ असार । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै दृश्य देखियो । सधै कर्मचारीको सलामी खाने प्रधानमन्त्रीले आफै सलामी ठोकिरहेका थिए ।

पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थल पुगेर विदेशी भुमिमा मारिएका नेपाली कामदारको शव बुझ्दै सलामी ठोकेका हुन् ।

विमानस्थलमा खटिएका प्रहरी उपरीक्षक प्रमोद कुमार खरेलका अनुसार अफगानिस्तानको काबुलमा सोमबार विहान आत्मघाती हमलामा मारिएका १२ नेपालीलाई प्रधानमन्त्री ओलीले सलामी ठोकेका हुन् ।

Kp-oli-airport

प्रत्यक्षदर्शीका अनुसार प्रधानमन्त्रीले नै सलामी ठोकेपछि सबैले सलामी ठोकेका थिए र त्यसपछि जयजयकारको नारा लाग्यो । सबैले भन्न थाले ‘ओली सरकारको जय होस’ ।

मृतकका आफन्तहरुले सरकारको छिटो कामकारबाही देखेर सरकारलाई धन्यवाद दिए । उनीहरुले प्रधानमन्त्री ओलीसँग हातै मिलाएर आजसम्म कुनैपनि सरकारले प्रवासी नेपालीका लागि यत्ति सक्रियताका साथ काम नगरेको भन्दै ओली सरकारलाई धन्यवाद दिएका थिए ।

Afgan-death-body-airport

Labels: Health, International, News, Prabash

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com