• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » सग्लै सुँगुर खाएर मरेका तिन जनाको दाहसंस्कार गर्न नपाउदै थप दुईको मृत्यु
सग्लै सुँगुर खाएर मरेका तिन जनाको दाहसंस्कार गर्न नपाउदै थप दुईको मृत्यु


madira

बर्दिबास, असार ६–महोत्तरीको रामगोपालपुराका निरश मल्लिकले सहसौला ६ विर्तामा शनिबार राति सँगुरको मासु र विषाक्त लोकल रक्सी खाएर मृत्यू भएका रामवृक्ष डोम र उनका छोरा प्रगाशलाई दाहसंस्कार गर्न आइतबार दिउँसो गाउँबाट एकएक काठी ( दाउरा) संकलन गरे ।

रामवृक्षको ज्वाई पञ्चा डोमको पनि रक्सी र सँगुरको मासु खाएर शनिबार रातीनै रामवृक्षको घरमै मृत्यु भयो । पोष्टमार्टमपछि एकै साथ तीन जनाको शव जिल्ला अस्पताल जलेश्वरबाट घर ल्याइयो । रामवृक्ष र उनको छोरा प्रगासको शव दाह संस्कारको लागि सहसौलाको स्थानीय खोलामा व्यवस्थापन गर्न व्यवस्था मिलाइयो ।

उता मृतक रामवृक्षको ज्वाई पञ्चाको घर गौशाला ७ मा पनि उनको दाहसँस्कारको लागी स्थानीय खोलामा उनको शव लिएर मलामी गए ।

रक्सी र सुँगुरको मासु खाएर ज्यान गुमाएका तीनै जनाका गाउँले दाहसंसकार गर्न नपाउँदै शनिबार संगै रक्सी र मासु खाएका थप दुई जनाको आइतबार राति मृत्यु भएको स्थानीय निरश मल्लिक डोमले बताए ।

थप उपचारको लागी मृतक रामवृक्षको छोरी तथा पञ्चाकी श्रमिति कलावत्तीलाई आइतबार धरान लगिएको थियो । उनको धरानामै मृत्यू भयो ।

गम्भिर घाइते भएका मृतक रामवृक्षका सम्धी बद्रीलाई रामगोपालपुर प्राथमिक उपचार केन्द्रमा उपचार गरेर थप उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा पठाएकोमा उनको पनि त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराइले बताए ।

रक्सी र सुँगुरको मासु खाएर शनिबार राती एकै परिवारका ३ जनाको मृत्यु भयो । मृत्यू भएको खवरले घरपरिवार , नाताकुटुम्भमा शोक छायो । यो खबर सेलाउन नपाउँदै मृतक रामवृक्षको सम्धी बद्री र छोरी गौशाला बस्ने कलावत्तीको आइतबार साँझ उपचारको क्रममा ज्यान गएपछि गाउामा थप शोक छाएको छ । रक्सी र सँुगुरको मासु खाएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृतक पाँचै जना एकै परिवारभित्रका छन् ।

रक्सीको ल्याब रिपोर्ट आएपछि थप कारण खुल्छ : एसपी

प्रहरीले रक्सीको ल्याब परिक्षणको लागि पठाइसकेको एसपी जनक भट्टराइले बताए । उनले भने,‘ मृतक तीन जनाको मुचुलका रोहबरमा बसेकी पञ्चाकी श्रीमति कलावत्तीको मृत्यू भयो ।’ रक्सीको ल्याब रिपोर्ट आएपछि घटनाको थप कारणहरु खुल्ने एसपी भट्टराईले बताए ।

उनीहरुले खाएको लोकल मदिरा विषाक्त रहेकोले मृत्यु हुन पुगेको प्रहरीको प्राराम्भीक अनुसन्धानले देखाएको छ ।

रक्सी खाएको पसल बाट रक्सी बरामद गरी घटना वारे थप अनुसन्धान अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराईले बताएको छ ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com