• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, News » यी ७२ वर्षीय बाबाले १५ बर्षिया बालिका बलात्कृत गरि गर्भवती बनाए
यी ७२ वर्षीय बाबाले १५ बर्षिया बालिका बलात्कृत गरि गर्भवती बनाए

७२ वर्षीय साधुबाट बलात्कृत बालिका गर्भवती
वीरगन्ज: पर्साको जगरनाथपुरमा मन्दिरका ७२ वर्षीय साधुबाबा (पुजारी) ले एक बालिकालाई बलात्कार गरेका छन् । जगरनाथपुर गाविस ७ मा रहेको हनुमान मन्दिरका पुजारी धनुषाको जनकपुर घर भएका रामदेव दासले स्थानीय १५ वर्षीया बालिका बलात्कार गरेका हुन् ।

मन्दिरमा दुई वर्षदेखि पुजारीकै लागि खाना पकाउँदै आएकी बालिका बलात्कृत भएकी हुन् । पाँच महिना पहिले बेलुकीको समयमा पुजारी दासकै लागि खाना पकाउन मन्दिरमा आएकी बालिकालाई पहिलो पटक पुजारी दासले मुख थुनेर मन्दिरभित्रै बलात्कार गरेका थिए ।

पुजारी दासले घटनाबारे अरूलाई जानकारी दिए ज्यान मार्ने धम्की दिएका कारण पीडित बालिकाकले आफूमाथि भएको हिंसाबारे घरपरिवारलाई पनि जानकारी दिएकी थिइनन् ।

त्यसपछि पनि पुजारी दासले बालिकालाई मन्दिरभित्रै पटकपटक बलात्कार गरेको बताइएको छ । गत बुधबार पीडित बालिकाले अचानक पेट दुख्यो भन्दै बान्ता गर्न थालेको देखेर उनकी आमाले सोधीखोजी गर्दा घटनाका बारेमा परिवारका सदस्यले जानकारी पाएका थिए ।

पुजारी दासबाट बालात्कृत बालिकाको पेटमा पाँच महिनाको गर्भ पनि रहेको पीडित बालिकाकी आमाले बताइन् । आमाले सोधीखोजी गरेपछि पीडित बालिकाले घटनाबारे परिवारका सदस्यलाई बताएपछि पीडित पक्षले प्रहरीलाई खबर गरेको पर्साका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए ।

घटनाबारे प्रहरीले जानकारी पाएपछि पुजारी दास मन्दिर छाडेर फरार भएका थिए । भागेर भारततर्फ जान लागेका पुजारी दासलाई प्रहरीले सीमावर्ती भिस्वा नाकाबाट बिहीबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बोगटीले बताए ।

पक्राउ परेका पुजारी दासलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । प्रहरीले पीडित बालिकाको शुक्रबार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा स्वास्थ्य परीक्षण गराएर अभिभावकको जिम्मा लगाएको छ ।

‘पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएर घर पठाइएको छ’, प्रहरी नायव उपरीक्षक बोगटीले भने, ‘स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि आवश्यक कारबाही अगाडि बढाइन्छ ।’

घरको आर्थिक अवस्था नाजुक भएका कारण अभिभावकले ६ कक्षामा पढ्दै गरेकी बालिकालाई पुजारीका लागि खाना पकाउन मन्दिरमा दुई वर्षदेखि पठाउँदै आएका थिए । जनकपुर घर बताउने पुजारी दास हनुमान मन्दिरमा दुई वर्षदेखि बस्दै आएका थिए ।

Labels: Comedy, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com