• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, International » सत्य घटना: ब्वाईफ्रेण्डलाई किस गर्दा युवतीको यसरी ज्यानै गयो
सत्य घटना: ब्वाईफ्रेण्डलाई किस गर्दा युवतीको यसरी ज्यानै गयो


kiss

यो क्यानडामा भएको यथार्थ घटना हो । क्यानडाको मन्ट्रियालकी २० वर्षीय युवतीलाई नट्स (मुम्फली) देखि एलर्जी थियो । र उनका ब्वाईफ्रेण्डले पीनट (मुम्फली) बटर वाला सैण्डबीच (पाउरोटी) खाएका थिए । मिरियम डुक्रे लेमए नामकी यी युवती एक पार्टीमा गएकी थिइन् । त्यही यो दुःखद घटना भएको थियो । 

मिरियमकी आमा मिशेलिन डुक्रेले क्यानडियन पत्रिका ‘जनरल डि क्यूबेक’सँग कुराकानी गर्दै कुनै वस्तुको एलर्जीका बारेमा नजान्दा कति खतरनाक हुन्छ भन्ने कुरा यो घटनाले सिकाइएको बताइन् । उनले ब्वाईफ्रेण्डसँग आफ्नी छोरीको नयाँ नयाँ सम्बन्ध भएकाले उसले आफ्नो एलर्जीको बारेमा बताउन नसकेको मिशेलिनले स्वीकारिन् । ‘मेरी छोरीको अवस्था सामान्य थियो तर, आफ्नो प्रेमीलाई समस्या नबताउँदा दुःखद घटना हुन पुग्यो’ उनले भनिन् । 

यसरी भयो घटनाः त्यसदिन पार्टी सकिएपछि मिरियम आफ्ना ब्वाईफ्रेण्डको घर गइन् । त्यहाँ ब्वाईफ्रेण्डले बेड (खाट)मा जानुभन्दा पहिला पीनट वटर सैण्डबीच खाएर दाँत माझे । त्यसपछि किस गरे । ब्वाईफ्रेण्डले किस गरेको केही मिनटमै उनको अवस्था विग्रियो । उनलाई सांस लिन समेत अप्ठेरो भयो । कोारेनर्स रिपोर्ट १९१४ अनुसार मिरियमको एस्मा इनहेलर (औषधि)ले पनि कुनै काम गरेन् । 

मिरियमले त्यहीबेला ब्वाइफ्रेण्डलाई सोधिन तिमीले पीनट्स (मुम्फली) खाएका थियौं । त्यो बेला मिरियमसँग ईपिपेन पनि थिएन् जो एनेफाइलेक्सिसको इमरजेन्सी टिट्रमेन्टको काम गर्छ । त्यसपछि मिलियमको हालत झनै विग्रिन थाल्यो । ब्वाईफ्रेण्डले बोलाएको ८ मिनेटमा एम्बुलेन्स आइपुग्यो । अस्पतालमा पुगाएपछि डाक्टरहरुले उनको ज्यान बचाउने कोसिस गरे तर उनले सेरेब्रल एनोक्सियाका कारण अस्पतालमै अन्तिम सास लिइन् । मिरियमको मस्तिष्कमा अक्सिजनको सप्लाई बन्द भइसकेको थियो ।

Labels: Comedy, Entertainment, International

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com