• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » दोरम्बा नरसंहारमा पूर्वराजा ज्ञानेन्द्र र कमल थापासहित एक दर्जनबिरुद्ध यसरी उजुरी दर्ता गरियो
दोरम्बा नरसंहारमा पूर्वराजा ज्ञानेन्द्र र कमल थापासहित एक दर्जनबिरुद्ध यसरी उजुरी दर्ता गरियो


काठमाडौं – ‘बाबालाई सम्झँदा अहिले पनि भक्कानो छुटेर आउँछ, मेरो बाबाको कन्चटमा गोली ठोक्नेलाई कानुनी काराबाही होस् भनेर उजुरीपत्रसहित आयोगको दैलो ढकढक्याएको छु ।’ बिहीबार सत्यनिरुपण तथा मेलमिलाप आयोगको मुख्यालय बबरमहलमा पुर्वराजा ज्ञानेन्द्र तथा गृहमन्त्री कमल थापासहित करिब एक दर्जनबिरुद्ध किटानी जाहेरी दिएपछि रामेछापकी संगीता लामाले भनिन्, ‘मेरो बाबाको हत्यारालाई कारवाही नभएसम्म लड्न छाड्दैनौं ।’ 

२०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा ज्यान गुमाएका बावुराम लामाकी छोरी संगीतासहित चौध जना पीडितहरुले बिहीबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा घटनाको दोषीलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएका छन् । तत्कालिन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा बार्ता चलिरेको बेला नेपाली सेनाका मेजर राममणी पोखरेलको कमाण्डमा गएको फौजले तत्कालिन माओवादी जिल्ला जनसरकार प्रमुख बावुराम लामासहित २२ जना माओवादी नेता–कार्यकर्ताको सामुहिक हत्या गरेको थियो । ‘दोरम्बा हत्याकाण्ड’को रुपमा चर्चित यो घटनाको हालसम्म चौतर्फि आलोचना भईरहेको छ । 

बिहिबार दोरम्बा हत्याकण्डका पिडीतहरुले तत्कालिन राजा ज्ञानेन्द्र शाह, प्रधानमन्त्री सुर्य बहादुर थापा, गृहमन्त्री कमल थापा, गृह–सचिव अनन्तराज शर्मा पाण्डे, सेनापती प्यारजंग थापा, आईजिपी श्यामभक्त थापा, रामेछापका तत्कालिन सिडीओ चुडामणी बस्याल, डिएसपी रामप्रसाद श्रेष्ठ, श्रम तथा यातायात राज्य मन्त्री कमल चौलागाईं, मेजर राममणि पोखरेल, रामेछाप जिल्ला सभापती धु्रव लामा र उप–सभापति रमेश बस्नेतविरुद्ध किटानी जाहेरी दिएका हुन् । 

यसरी भयो ‘सामुहिक हत्याकाण्ड’ 

माओवादी नेता कृष्णबहादुर महरासहितका नेताहरु र तत्कालिन शाही मन्त्री नारायणसिंह पुनसहितका सरकारी अधिकारीको बीचमा दाङको हापुरेमा बार्ता शुरु भइसकेको थियो । ठीक त्यही बेला रामेछापको दोरम्बा गाविस वडा नम्बर–२ स्थित युवराज मोक्ताको घरमा तत्कालिन विद्रोही माओवादीको एरिया समिती बैठक चल्दै थियो । मध्यान्ह करिब साढे १२ बजे बैठक शुरु हुँदा नहुँदै श्री दल गण रामेछापका मेजर राममणि पाखेरेल नेपाली सेनाको ठूलो फौज लिएर दोरम्बा पुगे । माओवादी नेता–कार्यकर्ता बसेको घरभन्दा केही परको सेन्ट्रीलाई ढालेपछि सेनाले युवराज मोक्तानको घर घेरेको थियो । ‘बैठकमा आउँदै गरेका हाम्रो साथी टेकबहादुरलाई गोली हानेसँगै सेनाले दर्जनौं फायर गर्न थाल्यो’ तत्कालिन रामेछाप जिल्ला ईन्चार्ज हरि दाहाल ‘ललित’ भन्छन्, ‘हामीसँग हतियार थिएन्, ३३ जनामध्ये मसहित एघार जना भागेर बाँच्यौं ।’ 

घरभित्र छिरेपछि जनसरकार प्रमुख बावुराम लामा सहित २० जनलाई नियन्त्रणमा लिएर सेनाले पछाडी हात बाँधेर डडुवा गाविसको डाँडाकटेरी पुर्याएको थियो । ललित भन्छन्, ‘डाँडाकटेरी लगेर आँखामा पट्टि बाँधेपछि हाम्रा साथीहरुलाई लाईनमा राखेर गोली ठोकियो ।’ दोरम्बामा ज्यान गुमाउनेहरु (सूची) बावुराम लामा, अम्बिका दाहाल, प्रदिप दोङ, टेक बहादुर थापा मगर, ठुलोराम लामा, सानुराम लामा, लक्ष्मण मोक्तान, युवराज मोक्तान, लिला मोक्तान, चतुर्मान थामी, संगीता थामी, विष्णुमाया थापा मगर, हर्क घिसिङ, पदम राज गिरी, उमा केसी, श्याम बहादुर तामाङ, रवि चौहान र निशा थामी लगायत २२ जनाले ज्यान गुमाएका थिए । बिहीबार १४ जनाको परिवारले आयोगमा उजुरी दिएपनि बाँकीले जिल्ला स्थित शान्ति समितीमा उजुरी दर्ता गर्ने दोरम्बा हत्याकाण्डका पीडित ललितले बताए । हाल माओवादी केन्द्रको केन्द्रिय सदस्य समेत रहेका ललितले दोरम्बामा आफ्नी जीवनसंगिनी गुमाएका थिए ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com