• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Sports » सन्दर्भ युरो कप २०१६: मैदानमा पादेको भन्दै रेफ्रीले दिए रेड कार्ड
सन्दर्भ युरो कप २०१६: मैदानमा पादेको भन्दै रेफ्रीले दिए रेड कार्ड

असार १० - स्वीडेनका एक फुटबल खेलाडीलाई मैदानमा पादेको भन्दै रेफ्रीले रेड कार्ड दिएका छन् । लेफ्ट ब्याक पोजिसनबाट खेल्ने जार्ना एसके टिमका खेलाडी एडम लिन्डिनले परसाजेन एसके क्लबविरुद्ध भएको खेलका दौरान पादेको भन्दै दोहोरो पहेँलो कार्ड पाए ।

रेड कार्ड पाएर मैदानबाट बाहिरिएपछि एडमले खेल हुनु अघि नै आफ्नो पेटमा गडबढी भएको र पेटमा ग्यास जमेकाले छोडिदिएको बताएका छन् । उनले यसै कारण आफूले रेड कार्ड पाउनु निकै अनौठो भएको प्रतिक्रिया दिएका छन् । ‘म स्तब्ध भएँ, फुटबलमा यस्तो घटना मैले कहिल्यै सुनेको पनि थिइन’ उनले भने ।

‘मैले रेफ्रीलाई पनि सोधेँ, पेट दुखेको बेला मैले हावा छोड्न पनि नपाउनु ? यसमा मेरो केहि गल्ती छ भन्ने मलाई लाग्दैन तर रेफ्रीले आफूप्रति लक्षित गरेर पादेको भन्ने सोचे होलान् तर मैले त्यस्तो गरेको होइन’ एडमले भने ।

रेड कार्ड पाउने बित्तिकै आफूले रेफ्रीसँग कुरा गरेको तर त्यस्तो नराम्रो शब्दसमेत केहि प्रयोग नगरेको उनले बताएका छन् । 

रेफ्री ड्यानी काकोले भने आफूले रेर्ड कार्ड दिनु जायज भएको बताएका छन् । ‘उनले अनावश्यक रुपमा जानिजानि मेरो अगाडि नै पादेका थिए’  रेफ्रीले भने, ‘निकै अनावश्यक रुपमा उनले मेरै अघि जिस्काय जसरी पाद्नु अनुशासनहिन काम हो ।’ 

विपक्षी परसाजेन क्लबमा क्रिस्टोफर लिन्डेले पनि फुटबल खेलमा आफैले निकै अनौठो घटना देख्नुपरेको प्रतिक्रिया दिएका छन् । ‘म केही पछाडि नै थिएँ, तर पादेको आवाज मैले पनि प्रष्टसँग सुनेको थिएँ । त्यसैका लागि रेर्ड कार्ड दिँदा भने मलाई पनि अचम्म लाग्यो ।’

स्रोत : फक्स स्पोट्स

Labels: Comedy, Entertainment, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com