• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Sports, Video » कालीमाटी तरकारी बजारमै महिला–पुरुष रेस्लिङको दरो भिडन्त, दर्शकको भीड हेर्नुस् (भिडियो सहित)
कालीमाटी तरकारी बजारमै महिला–पुरुष रेस्लिङको दरो भिडन्त, दर्शकको भीड हेर्नुस् (भिडियो सहित)

काठमाडौं, ५ असार । नेपालमा रेस्लिङ खेलको प्रवद्र्धन गर्न शनिबार काठमाडौंको कालीमाटी तरकारी बजारमा रेस्लिङ प्रतियोगिता आयोजना गरिएको छ । हिमालयन टाइगर प्रो–रेस्लिङ एसोसिएसनको प्रस्तुति तथा कालीमाटी तरकारी बजार युथ क्लबको आयोजनामा ‘दोस्रो कालीमाटी रेस्लिङ सो’ हेर्न तीनदेखि चार हजार बढी दर्शकको भीड लागेको थियो ।

प्रतियोगितामा नेपालका नाम चलेका रेस्लरले भाग लिएका थिए । सधैं टेलिभिजन च्यानलमा मात्र रेस्लर हेर्दै आएका नेपाली दर्शकहरू शनिबार प्रत्यक्ष रेस्लिङ खेल हेर्न पाउँदा खुबै रमाएका थिए । प्रतियोगितामा द हिमालयन टाइगर, अजिंगर, मिस्टर यती, बाबु साप, द स्टोन पावर, स्कोर्पियो, वारियर, युनिका, जुरेलीलगायतका रेस्लरबीच भिडन्त भएको थियो ।

पुरुषको भन्दा पनि युनिका र जुरेलीको भिडन्तलाई दर्शकले चाख मानेर हेरेका थिए । दुवै नेपालका चर्चित रेस्लर हुन् । खेलमा रेफ्री दिनेश थिए । नेपालमा रेस्लिङ खेललाई भरतबहादुर विसुराल उर्फ द हिमालयन टाइगरले भित्र्याएका हुन् ।

हेर्नुहोस भिडियो 


हेर्नुहोस भिडियो


Labels: Comedy, Entertainment, Sports, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com