• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
National News, News » आज फेरी पश्चिमाञ्चलका केहि जिल्लाहरुमा भूकम्पको कडा धक्का
आज फेरी पश्चिमाञ्चलका केहि जिल्लाहरुमा भूकम्पको कडा धक्का

पश्चिमाञ्चलका जिल्लामा भूकम्पको धक्का
काठमाडौंः पश्चिमाञ्चलका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो २ बजेर ४३ मिनेटको समयमा कास्की, लम्जुङ र गोरखासहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लम्जुङको घनपोखरा र सिउरुङक्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प गएको हो । 

केन्द्रबिन्दु नजिकै भएकाले लमजुङमा बलियो झट्का महुसस भएको त्यहाँस्थित अन्नपूर्णकर्मी दीपक अधिकारीले जानकारी दिएका छन् । 

भूकम्प मापन केन्द्रका अनुसार यसअघि जुन २२ तारिखमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको परकम्प गएको थियो । 

२०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पयता मात्रै नेपालमा ४ म्याग्निच्यूडमाथिका ४ सय ६२ वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । 

Labels: National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com