• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
National News, News » नौ महिनासम्म कोखमा राखेर जन्म दिएको छोराबाट आमालाई जंगलमा लगेर अलपत्र छाडि दिए पछि.........
नौ महिनासम्म कोखमा राखेर जन्म दिएको छोराबाट आमालाई जंगलमा लगेर अलपत्र छाडि दिए पछि.........

सुर्खेत, असार २८ - सुर्खेतको पश्चिम साल्कोटकी ७२ वर्षीया बाटु अधिकारीलाई उनकै कान्छा छोरा बुहारीले जंगलमा लगेर अलपत्र छाडेपछि गाउँलेले वृद्धाको उद्धार गरेका छन् । 

नौ महिनासम्म कोखमा राखेर जन्म दिएको छोराबाट आमाले के आशा गर्ने धेरै बाबुआमाले छोराबाट आत्मसन्तुष्टि चाहन्छन् । तर समाजमा केहि त्यस्ता सन्तान पनि जन्मिन्छन् जसले आफू सुविधासम्पन्न घरमा बसेर आमालाई जंगलमा लगेर अलपत्र छाडिदिन्छन् ।

कान्छा छोरा बुहारीले जंगलमा लगेर छाडेका सुर्खेतकी एक वृद्धाको गाउँलेले उद्धार गरेका छन् र परिवारमा पुनःस्थापित गराएका छन् । साथै छोरा बुहारीलाई सार्बजनिक स्थानमा सजायँ पनि दिएका छन् ।

७२ वर्षीया बाटु अधिकारीलाई उनकै कान्छा छोरा बुहारीले दुई महिना अघि छिमेकी गाविस पोखरीकाँडा ३ को जंगलमा रहेको ओढारमा लगेर छोडेका थिए । स्थानीयले बृद्धा जंगलमा रहेको जानकारी दिएपछि सालकोट गाविसको विशेष पहलमा उद्धार गरेका हुन् । 

आमालाई जंगलमा छाडेका कान्छा छोरा बुहारीलाई गाउँले भेला भएर कान समातेर उठबस गराएका छन् र अबदेखि यस्तो कहिल्यै नगर्ने भनेर माफी समेत माग्न लगाएका छन् । बाटु अधिकारीले जंगलबाट घरमा फर्किन पाएकोमा खुसी व्यक्त गरेकी छन् । 

साल्कोट गाविसका सचिव तिलकराम अधिकारीले जंगलबाट उद्धार गरिएकी ७२ वर्षीया वृद्धालाई जेठा छोरा बुहारीको जिम्मा लगाइएको जानकारी दिएका छन् ।

Labels: National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com