• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
International, News » बंगलादेशको ढाकामा चरमपन्थी बिद्रोही द्धारा आक्रमण गरि २० जना मारिए
बंगलादेशको ढाकामा चरमपन्थी बिद्रोही द्धारा आक्रमण गरि २० जना मारिए

dhaka
१८ असार, काठमाडौं । ढाकामा एक क्याफेमा आक्रमण गरी चरमपन्थीहरुले बन्धक बनाएका २० जनाकै हत्या भएको बंगलादेश सरकारले बताएको छ ।

बन्दुकधारीहरुले बंगलादेशको सबैभन्दा सुरक्षित मानिएको गुलशन इलाकाको क्याफेमा शुक्रबार आक्रमण गरेका थिए ।

१२ घन्टा लामो रेस्क्यु अपरेशन सकिएको छ र क्याफे अब सुरक्षाकर्मीको नियन्त्रणमा आएको छ । त्यस क्रममा ६ आक्रमणकारी मारिएका छन् भने एकलाई जीवितै पक्राउ गरिएको सरकारका एक प्रवक्ताले बताएको बीबीसीले जनाएको छ ।

आक्रमणको जिम्मा आईएसले लिएको छ । बंगलादेशको सेनाका प्रवक्ताले बताए अनुसार २० जनाको शव भेटिएको छ । र, अधिकांशलाई धारिलो हतियारले रेटेर हत्या गरिएको पाइएको छ ।

तर, उनीहरुको राष्ट्रियता अझै खुलेको छैन । तर, मारिएका सबै विदेशी छन् ।

क्याफेमा बन्दक बनाइएका १३ जनाको भने उद्दार गरिएको छ, जसमा एक जापानिज र दुई श्रीलंकाका नागरिक पनि छन् ।

Labels: International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com