• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
National News, News » झट्ट हेर्दा सुन्दरी काम भने बालबालिका तस्करी गर्ने हेर्नुहोस यी महिलाको कर्तुत
झट्ट हेर्दा सुन्दरी काम भने बालबालिका तस्करी गर्ने हेर्नुहोस यी महिलाको कर्तुत

sara_link
काठमाडौं–नौ जना बालबालिका अमेरिका पुर्याएर उतै छोडेको अभियोगमा पुतलीसडकस्थित सहारा लिङ्क इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । समर स्कूलका लागि भनेर अमेरिका पुर्याइएका ९ बालबालिका न्युयोर्क विमानस्थलबाट भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले रजनीलाई नियन्त्रणमा लिएको थियो ।

अमेरिका प्रवेश गर्दा साथमा रहेका बालबालिका बेपत्ता देखिएपछि अमेरिकी अध्यागमनले नेपालको अध्यागमन विभागलार्इ पत्राचार गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न आग्रह गरेको थियो । अध्यागमन विभाग महानिर्देशक केदार न्यौपानेले बालबालिका तस्करीको शंकामा अमेरिकी अध्यागमन विभागले नेपालको अध्यागन विभागलाई पत्र पठाएर अनुसन्धान गर्न आग्रह गरेको बताए । विमानस्थलको रेकर्डअनुसार २४ जुनमा रजनी श्रेष्ठ १२ बालबालिका साथमा न्युयोर्कका लागि उडेकी थिइन् । फर्किंदा उनको साथमा ३ बालबालिका मात्र थिए ।

महानिर्देशक न्यौपानेले बालबालिका तस्करीको गम्भीर उद्देश्य देखिएकाले अमेरिकी अध्यागमनले पत्र पठाएरै अनुसन्धान अनुरोध गरेको जनाए । ‘केस गम्भीर देखिएकाले हामीले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइसकेका छौं । हनुमानढोका प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ यो मुद्दालाई अहिले महानगरीय प्रहरी परिसर हनुमान ढोकाले अनुसन्धान गरिरहेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Labels: National News, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com