• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
International, National News, News » अन्र्तराष्ट्रिय आतंकवादी संगठन (आइएस) ले सप्तकोशी पुलमा बिस्फोट गराउने चेतावनी
अन्र्तराष्ट्रिय आतंकवादी संगठन (आइएस) ले सप्तकोशी पुलमा बिस्फोट गराउने चेतावनी

सप्तकोसी ब्यारेज भत्काउने आइएसको चेतावनी, विशेष सुरक्षा टोली तैनाथ
इटहरी : अन्र्तराष्ट्रिय आतंकवादी संगठन (आइएस) ले सप्तकोसी नदीमा निर्माण गरिएको कोसी ब्यारेज भत्काउने चेतावनी दिएको छ ।

आइएसले सप्तकोशीमा निर्माण गरिएको ५६ ढोके कोसी पुल भत्काउने धम्की दिएपछी भारतीय अधिकारीहरुले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई लिखितपत्र पठाएर कोसी व्यारेजको भरपर्दो सुरक्षा व्यबस्था मिलाउन आग्रह गरेको छ ।

भारतको विहार राज्यको सुपौल जिल्लाका डिएम बैजनाथ यादवले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीहरुलार्य आइएसले कोसी व्यारेज भत्काउने चेतावनी दिएकाले भरपर्दौ सुरक्षा व्यबस्था मिलाउन आग्रह गरेका छन् ।

यादवको आग्रह पश्चात पूर्वाञ्चल क्षेत्रिय सुरक्षा समितिको बैठक वसेर कोशी व्यारेजमा सशस्त्र र नेपाल प्रहीको विशेष टोली परिचालन गरी सुरक्षा व्यबस्था कडा बनाउने निर्णय गरेको छ । आइएसले दिएको धम्की पश्चात पूर्वाञ्चल क्षेत्रिय सुरक्षा समितिको आपतकालीन बैठक बसी कोसी व्यारेजको सुरक्षा व्यवस्था मिलाउन सुनसरीका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको छ ।

पूर्वाञ्चलका क्षेत्रिय प्रशासक तथा क्षेत्रिय सुरक्षा समितिका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा सुनसरीको पकली स्थित सशस्त्र प्रहरीको पूर्वाञ्चल कार्यालयमा बसेको बैठकले आइएसले कोसी ब्यारेज भत्काउने धम्कीलाई मध्यनजर गर्दै भारतले माग गरे अनुसारको सुरक्षा व्यबस्था मिलाउने निर्णय समेत गरेको छ ।

क्षेत्रीय सुरक्षा समितिको निर्णय अनुसार कोसी व्यारेजमा सोमवारबाटै शसस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष टोली परिचालन गरिएको सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जयबहादुर खड्काले बताएका छन् ।

भारतिय गुप्तचर संस्था र ले आयएसले कोसी ब्यारेजमा आक्रमण गरी भतकाउन लागेको सुचना पाएपछी भारितय संचारमाध्यमहरुले समेतकोसी व्यारेजमा आईएसले आक्रमण गर्न लागेको समाचार प्रकासित गरेका छन् ।

भारतिय संचार माध्यमहरुमाकोसी व्यारेज भत्काउने धम्की दिएको समाचार वाहिर आएपछी भारतको विरपुर जिल्लाका डिएमले लिखित रुपमा नै जिल्ला प्रशासन कार्यालय सुनसरी र सप्तरीलाई पत्र लेखेर कोसी व्यारेजको सुरक्षा व्यबस्था मिलाउन आग्रह गरेको बताइएको छ । सुपौल जिल्लाका डिएम बैजनाथ यादवले जिल्ला प्रशासन कार्यालय सुनसरी र सप्तरीलाई लिखित पत्र लेखेर आईसले कोसी व्यारेज भत्काउने धम्की दिएको भन्दै भरपर्दो सुरक्षा व्यबस्था मिलाउन अनुरोध गरेपछी कोसी व्यारेजमा प्रहरीको विशेष टोली परिचालन गरिएको पूर्वाञ्चलका क्षेत्रिय प्रशासक आचार्यले बताए ।

आइएसले कोशी व्यारेज भत्काउने धम्की दिएपछी भारत सरकारले समेत विहार राज्यको हररिया र सुपौल जिल्लामा सुरक्षा व्यबस्था कडा पारेको भारतिय पत्रकार राजिव कुमारले जानकारी दिएका छन् । उनका अनुसार भारतिय सिमा सुरक्षा वल एसएसबीले कोसी व्यारेज आसपासको भारतिय भुमि विरपुर र भिमनगर क्षेत्रमा कडा सुरक्षा दिएका छन् ।

भारतले कोसी व्यारेजको सुरक्षा गर्न आग्रह गरेपछी कोसी व्यारेजको सप्तरी र सुनसरीको दुबै तर्फ सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् ।आइएसले के कारणले कोशी व्यारेजमा आक्रमण गर्न लागेको भन्ने विषयमा भारत पक्षले स्पष्ट रुपमा भने खुलाएको छैन्

Labels: International, National News, News

1 comments

Gurule
July 25, 2016 at 9:52 AM

thanks for update

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com