• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
International, News, Prabash » अत्यन्तै दुखद खबर: युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास
अत्यन्तै दुखद खबर: युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

a
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी २ का अमर बाहदुर बमको तत्कार उद्धार सम्भव नभएको दुवईको आबुधाबीमा रहेको नपाली दूतावासले बताएको छ ।

हत्याको आरोप लागेर मृत्युदण्डको सजाय सुनाईएका अमरलाई उद्धारको लागि पटक पटक प्रयाग गरे पनि समस्या जटिल भएकाले तत्काल उद्धार हुन सक्ने सम्भावना देखिएको छैन् ।

युएईका लागि कार्यवाहक राजदूत नेत्र बहादुर टण्डनले भन्नुभयो ‘बमको रिहाइ हुन सक्नेबारे कतिपय सञ्चारमाध्यमले हावादारी गफ गरिरहेका छन् । तर तत्काल त्यस्तो कुनै सम्भावना छैन ।’

दूतावासले दुवईमा गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष डेरराज गुरुङले मुश्लिम समुदायको पर्व इदको अवसरमा बमलाई आममाफी दिलाउन दूतावास र सरकारले प्रयास गर्नुपर्ने विषय उठान गर्दा जवाफमा कार्यवाहक राजदूत टण्डनले यस्तो बताउनुभएको हो ।

‘दूतावासले आफ्नो स्थानबाट पहल गरिरहेको भएपनि अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन ।’ यस अघि पनि सरकारबाट दूत पठाएर छुटाउने प्रयास गरेको थियो तर अहिले सम्म कुनै प्रयास सफल हुन सकेको छैन् ।
बम सन् २००३ जनवरी २६ देखी दुवईको सेन्टर जेलमा हुनुहुन्छ । कामका लागि भारत पुगेका बम त्यहाँस्थित एक मार्वल कम्पनीको काम छाडी सवारी चालक बनेर दुवई आउनु भएको थियो । भारतीय कम्पनीवाला नागरिकले २० हजार भारतीय रुपैयाँ तलब दिने आश्वसन देखाए पछि बिहे गरेको २३ दिनमा श्रीमती छोडेर उहाँ भारतबाटै दुवई आउनु भएको थियो ।

बमका कम्पनी मालिकहरुले बरदुवईमा रहेको इण्डियन क्लबमा एक भारतीय नागरिकको हत्या गरेको र उनीहरुलाई आफ्नो गाडीमा राखेर भगाउन सघाएको आरोपमा युएई आएको एक महिनामै उहाँ पक्राउ परेका थिए ।

Labels: International, News, Prabash

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com