• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
International, News, Prabash » मलेसियामा एक नेपाली युवा सवारी दुर्घटनामा परि गम्भीर घाईते, कम्पनीले उपचार नगर्दा यसरी भयो बिजोग
मलेसियामा एक नेपाली युवा सवारी दुर्घटनामा परि गम्भीर घाईते, कम्पनीले उपचार नगर्दा यसरी भयो बिजोग

मलेसियामा गाडी दुर्घटना,  कम्पनीले उपचार नगर्दा घाइते नेपालीको बिजोग
नेपालगन्ज— ड्युटीमा जाँदै गर्दा कम्पनीको गाडी दुर्घटनामा परी घाइते भएका एक नेपाली मलेसियाको अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका छन्। १० दिन बित्दासमेत कार्यरत कम्पनीले उपचारमा चासो नदिएको घाइतेका साथीको भनाइ छ।

१० जुलाई बिहान ७:३० बजे के–फोर्स सेक्युरिटी कम्पनीमा कार्यरत सागर श्रेष्ठ, कर्णबहादुर बिसीसहित पाँचजना सवार गाडी रुखमा ठोक्किएर दुर्घटना भएको थियो। तीमध्ये श्रेष्ठको अवस्था गम्भीर छ। नियमानुसार रोजगारदाता कम्पनीले उपचार गर्नुपर्ने भए पनि अहिलेसम्म कम्पनीले चासो नदिएको घाइते बिसीले बताए। ‘मलगायत अरु साथीहरु उपचारपछि विस्तारै सन्चो भइरहेका छौं,’ नागरिन्युजसँगको अनलाइन कुराकानीमा उनले भने, ‘सागरको अवस्था निकै नाजुक छ, कम्पनीले जिम्मेवारी नलिँदा अस्पतालले पनि उपचार गरेको छैन।’

श्रेष्ठहित पाँचैजना नेपाली मलेसियाको जोहरबहारुस्थित के  फोर्स कम्पनीमा सुरक्षागार्डमा कार्यरत छन्। कम्पनी सञ्चालक चिनियाँ नागरिक क्या एनजीलाई उपचारको लागि आग्रह गर्दा ‘आफ्नो जिम्मेवारी हैन’ भन्दै पन्छिएको बिसीले बताए। ‘नेपाली दुतावासमा हाम्रो कुरा कसैले सुन्दैन, अन्यत्र भन्ने ठाउँ छैन,’ उनले भने, ‘कम्पनीको गाडीमा र कम्पनीकै ड्रेसमा ड्युटीमा गइरहेको बेला दुर्घटना हुँदासमेत उपचार नभएपछि न्याय खोज्न कहाँ जाउँ ?’

घाइते पाँचमध्ये धनगढी घर भएका श्रेष्ठको एउटा खुट्टा अप्रेसन गरेर काट्नुपर्ने अवस्थामा छ भने सुर्खेतका बिसीको अनुहार र टाउकोमा चोट लागेको छ। पान्डन सुल्तान इस्माइल अस्पतालको ‘ए सेक्युरिटी’ बेडमा दुखाई कम गर्ने औषधी खाँदै ड्रेसिङ गर्ने गरिएको बिसीले बताए । उनका अनुसार कम्पनीले अप्रेसन पेपरमा सही नगरेको र पैसासमेत नदिएकोले खुट्टाको अप्रेसन भएको छैन।

करिब दुई वर्षअघि काठमाडौं, सुकेधारामा कार्यालय रहेको ह्वाइट पर्ल रेक्युरमेन्ट कम्पनीमार्पmत मलेसिया पुगेका उनीहरुले घटनालगत्तै कम्पनीका प्रतिनिधि दीलिप चौधरीसँग आवश्यक सहयोगको लागि सम्पर्क गरेका थिए। चौधरीले पनि कुनै चासो दिएनन् । ‘हामी कामदारको कुरा नसुने पनि कम्पनीका मालिक–मालिकबीच कुरा भइदिए कम्तिमा उपचार त होला भन्ने आशले गुहार माग्यौं,’ बिसीले भने, ‘उताबाट पनि हाम्रो कुराको सुनुवाई भएन, झन् यता परदेशमा हाम्रो पीडा कसले सुन्ने?’

Labels: International, News, Prabash

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com