नेता प्रदिपले आयोजना गरेको वैवाहिक भोजमा नेता,ब्यापारी देखि सरकारी अधिकारीसम्म
नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले वैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा आज दिवा भोजको आयोजना गरे । राजधानीमा आयोजीत उक्त समारोहमा राजनीतिक दलका नेता, व्यापारी देखी उच्च सरकारी अधिकारी सम्मको सहभागिता रहेको थियो ।
उक्त समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले नेता झलनाथ खनाल, एनआरएन अध्यक्ष शेष घले लगायतका विशिष्ट व्यक्तित्वहरुले भाग लिएका थिए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका प्रदिप पौडेलले गत बुधबार नेपाल विद्यार्थी संघकी नेतृ एवं केन्द्रीय सदस्य एन्जिला न्यौपानेसँग विवाह बंन्धनमा बाँधिएका थिए । रामेछाप निवासी २९ वर्षीया एन्जिला पनि नेविसंघ नेतृ हुन् । तस्बिर र भिडियो - दिपेश राजथारू
भिडियो
श्रोत : डिसी नेपाल
भिडियो

0 comments
Write Down Your Responses