• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » सुन्दा अचम्म लग्न सक्छ तर घटना दुखद छ गुल्मीमा श्रीमानले चुम्बन दिन नमानेपछि आत्महत्या ?
सुन्दा अचम्म लग्न सक्छ तर घटना दुखद छ गुल्मीमा श्रीमानले चुम्बन दिन नमानेपछि आत्महत्या ?


गुल्मी – तीन महिनाअघि मात्र प्रेम विवाह भएको थियो गुल्मी हाडहाडेका कृष्णबहादुर राना दम्पत्तीको । विवाहका दिनदेखि उनिहरु जोडी ढुकुर जस्तै मिल्ने र एक छिन छुट्टिन चाहन्नथे । दिउँसो काममा हिँडेका कृष्णबहादुर साँझ घर आउन अवेर गरेपछि छटपटाउथिन उनकी १९ वर्षिया श्रीमति मनिषा । त्यस दिन पनि कृष्णले अलि अबेर गरेपछि उनले काम गर्ने ठाउँमै लिन गएकी थिइन् । 

धुँवारहित चुलो बनाउने काममा लागेका कृष्णले ‘यहाँ साँझ खान पिन छ जाउ तिमी म अलि ढिला आउँछु’ भनेर पठाएका थिए । उनि फर्किएको केहि घण्टा पछि साँझ करिव ८ वजेतिर कृष्णबहादुर घर आएर विस्तरामा आराम गरिरहेका थिए । ‘एक्कासी तल भान्छा कोठाबाट माथी आएर मलाई उनले हाम्हालीन र चुम्बन गर्न भनिन्, त्यो दिन सम्झँदै कृष्णबहादुर भन्छन्, ‘मैले भने के तोरो दिमाग खुस्केको छ र ? बाहिर मान्छे छन् भनेर त्यसो गर्न मानिँन ।’ ‘त्यस पछि ऊ ल ठिक छ भन्दै झोँक्किएर तल झरेको मान्छे केहि बेरपछि झुण्डीएको अवस्थामा भेटियो,’ उनले भने । स्थानियवासी पनि भन्छन्–‘उनको आत्माहत्या एउटा खेलाँची जस्तै भयो ।’ 

माईतीजनले रहस्यमय घटना भन्दै शव उठाउन नदिए पछि तीन दिनपछि बल्ल आज दिउँसो करिव साढे तिन बजेतिर मात्रै जिल्ला अस्पतालबाट शव बुझेका छन् उनका श्रीमानले । यो घटना हो गुल्मीको हाडहाडे–६ सोमरभोमर गाउँको । त्यस गाउँकी १९ वर्षिया मनिषा राना जिसीले बैशाख ५ गते साँझ करिव साढे ८ वजेको समयमा घरको कोठामा गलामा डोरीको पासो लगाई आत्महत्या गरेको प्रहरीको भनाई छ । तर माईतीजनले उनले आत्महत्या गरेको स्वीकार गरेका छैनन् । हिजै पोष्टमार्टम गर्न जिल्ला प्रहरी कार्यालयले जिल्ला अस्पताल पुराएको थियो उनको शव । तर माईतीजनले गर्न दिएनन् र निष्पक्ष छानविनको माग गर्दै निवेदन दिए । आज प्रहरीले निष्पक्ष छानविन गर्ने प्रतिबद्धता जनाए पछि शव लैजान दिएका हुन् । यता, कृष्णबहादुर भने आफ्नो जीवन संगिनीले मागेको अन्तिम चुम्बन दिन नसकेकोमा पश्चाताप भइरहेको दोहोराउँछन् । ‘मैले त त्यस्तो गर्लिन भनेर कल्पना पनि गर्न सकेको थिएन् । 

पहिला खान पकाउ, खाएर बसौँला भनेको थिए तर केहि बेरपछि त्यो हालतमा देख्दा छाँगाबाट खसे झैं भएँ,’ उनले भक्कानिदै भने ‘यस्तो मलाई जस्तो पश्चतापमा पार्ने काम अरु कसैले नगरुन् । ’ कृष्णबहादुरको दुःख पनि कम छैन । सानैमा आमाले दोश्रो विवाह गरेर गइन् । बाबुले पनि दोश्रो विवाह गरेर भारततिर गए । अन्ततः उनि एक्लो भए । घरमा बस्न छाडे । उनलाई काका काकीले पालेर घरमा राखेका थिए । त्यही क्रममा कृष्णले गत फागनुमा मनिषाका माईतीजनलाई थाहै नदिई उनलाई भगाएर ल्याएका थिए । मनिषाले उनै काका काकीको घरमा बसेर ९ दिन अघि मात्र एसएलसी परिक्षा दिएर सकेकी थिईन् । 

चैत्र २८ गते परिक्षा सकिए लगत्तै मनिषाले नयाँगाउँस्थित आमालाई फोन गरेर ‘श्रीमान्को घर सिंगारेरै बस्छु आमा, भैसी पनि किनेर पाल्छु भनेकी थिईन् ।’ ‘अस्ती खोलामा बुढाबुढी संगै माछा मार्न आएका छौ भनेकी थिइन् । बुढाबुढीका खुशीका हरेक कुरा आमालाई सुनाएर सन्तोष दिलाउने गर्थिन् । मेरो चिन्ता नगर्नु आमा सब ठिक छ । अव मैले यो घरलाई सजाएर त्यसैमा बस्छु, खेतीपाती गर्छु, गाई भैसी पाल्छु भनेर आमालाई फोनमा भनेको उनका बाबु प्रेमबहादुर जिसीले बताए । उनले आत्माहत्या गर्नु अघि सुसाइड नोटमा ‘ हाप्पी न्यु ईअर माई डियर हजब्याण्ड कृष्ण आई मिस यु …. लेखेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी नायव निरीक्षक सत्यनारायण यादवले बताए । तर उनका बाबु जिसीले त्यो सुसाइड नोट भन्न नमिल्ने बताउँछन् । 

त्यो कि नयाँ वर्षको दिन लेखेको हुनुपर्छ कित अरुले घटनालाई मोड्न लेखि दिएको हुनु पर्ने उनको आशंका छ । मंगलबार मात्रै आत्माहत्याको २ वटा र भवितव्यको दुई सहित चार वटा शव सदरमुकाममा ल्याईएको प्रहरी निरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार हिजो वामी–८ का १४ वर्षिय वालक सुरज बिकले झुण्डिएर आत्मा हत्या गरेका थिए । त्यस्तै बढिघाट खोलामा मृत फेला परेकी वलिथुम–१ की ४० वर्षिया भेषमती घर्ति र जोहाङ्ग–१ चोरकाटेमा साथीसँग काठमाण्डौबाट आएकी म्याग्दीको दाना–८ की २० वर्षिया गीता केसी नहाउने क्रममा बढिघाट खोलामा डुवेर मृत्यु भए पछि उनको शव पनि आज पोष्टमार्टम गरी परिवारलाई बुझाईको हो ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com