• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, International, News » पारस पुत्र हृदयन्द्रलाई बेबिकिङ बनाउन नयाँदिल्लीमा गोप्य सहमति !
पारस पुत्र हृदयन्द्रलाई बेबिकिङ बनाउन नयाँदिल्लीमा गोप्य सहमति !


काठमाडौं, १८ वैशाख । भारतको निम्तो मान्न अचानक नयाँदिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन् । बिहीवार चाढे चार बजे अपर्झट भारत गएका पूर्वराजा ज्ञानेन्द्र नेपाल फर्किएका हुन् । निजी सचिव सागर तिमल्सिना, निजी अंग रक्षक डीएसपी गगन श्रेष्ठ र शाही अर्दली हस्तबहादुर थापालाई पनि लिएर भारत गएका पूर्वराजा शाहले गोप्य भेटघाट गरेका छन् । 

श्रीमतीको उपचारमा भारत गएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा नेपाल फर्किए लगत्तै पूर्वराजा शाह भारत गएका हुन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ । मधेसबादी दलले २६ बुँदे मागसहित पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएपछि सो विषयमा छलफल गर्न समेत पूर्वराजा भारत गएको हुन सक्ने आंकलन गरिएको छ । 

भारतले नेपालको संविधानलाई पूर्ण समर्थन नगरेको अवस्थामा पूर्वराजा अचानक भारत भ्रमणमा जानु अति महत्व रहेको राजाबादीको विश्लेषण रहेको छ । राजतन्त्र फर्के पनि आफू राजा नभई १२ वर्षे नाति ह्दयेन्द्रलाई सेरेमोनियल किङ बनाउनका लागि परेका पूर्वराजाले भारत भ्रमणका क्रममा सो विषय उठाने गरेको उच्च स्रोतले जनाएको छ । अति गोप्य राखिएको सो भ्रमणमा हिन्दु राष्ट्रको विषयमा समेत छलफल भएको बुझिएको छ ।

Labels: Comedy, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com