• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Health, News » कस्तो समाज हो यो ? बाबु र दाजुले बलत्कार गरेपछि भागेर मावल पुगेकी बालिका मामावाट पनि बलात्कृत
कस्तो समाज हो यो ? बाबु र दाजुले बलत्कार गरेपछि भागेर मावल पुगेकी बालिका मामावाट पनि बलात्कृत


उदयपुर जिल्लाको बेल्टार स्थित बसाहा नगरपालिकाकी १३ वर्षीया बालिकालाई आफ्नै बावु छिमेकी दाजु र मामाले बलत्कार गरेको घट्ना सार्वजनिक भएको छ । घट्ना सार्वजनिक भएसँगै प्रहरीले वावु र दाजुलाई पक्राउ गरेको छ भने मामा फरार छन । 

कक्षा ६ मा अध्ययनरत ती बालिकालाई आफ्नै बाबु, मामा र छिमेकीले पटक पटक वलात्कार गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेल्टारल उनका बाबु र छिमेकीलाई बिहीबार पक्राउ गरेको हो। ती बालिकालाई वावु र दाजुले वलत्कार गरेपछि मामा घर जाँदा मामा पनि बलात्कार गरेको बालिकाले दिएको जाहेरीमा उल्लेख छ । यद्यपि मामा भने पक्राउ परेका छैनन । प्रहरीका अनुसार बालिकाकी आमा बैदेशिक रोजगारीमा गएकी छन् । घरमा बाबु छोरी मात्रै बस्दै आएका थिए । 

पीडित बालिकाले आफ्ना बाबु, दाई नाता पर्ने छिमेकी र आफ्नै मामाले ६ महिनादेखि डर देखाएर जवरजस्ती गर्ने गरेकोे सँगै पढ्ने साथीलाई भनेकी थिइन्। साथीकी आमाले स्थानिय संस्थालाई खवर गरेपछि स्थानिय संस्थाले प्रहरीलाई दिएको उजुरीको आधारमा बाबु र छिमेकीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक भिमप्रसाद सिलवालले बताउनुभयो। 

उहाँले भन्नुभयो ‘मंसिर महिनामा घरमा आमा नभएको अवस्थामा बाबुले रक्सी खाई छोरीलाई जवरजस्ती गरेको, त्यसपछि मामा घरमा जाँदा मामाले नै जवरजस्ती गर्ने गरेको र पछि छिमेकी दाजु पर्नेले पनि डर देखाएर बलात्कार गर्ने गरेको जाहेरी आएको छ।’ आरोपी बाबु र छिमेकी दाईलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

Labels: Comedy, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com