• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Entertainment, International, News » पाँचतारे होटलमा प्रधानमन्त्री र भारतीय राजदूतबीच रात्रीभोजसहितको गोप्य वार्ता र सहमति
पाँचतारे होटलमा प्रधानमन्त्री र भारतीय राजदूतबीच रात्रीभोजसहितको गोप्य वार्ता र सहमति


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजदूत रञ्जित रेको लागि राजधानीको एक पाँचतारे होटलमा रात्री भोज गरेका छन् । ओली नेतृत्वको सरकार संकटमा परेको भन्ने चर्चा चलिरहेको बेला ओलीले राजदूत रेलाई रात्री भोज दिएका हुन् । आइतबार साँझ ७ बजेदेखि चलेको रात्री भोज राती अबेर सम्म चलेको थियो भने सो क्रममा ओली र रेबीच गोप्य वार्ता समेत भएको स्रोतको दाबी छ । 

निकै गोप्य राखिएको उक्त रात्री भोजमा प्रधानमन्त्रीका निकटस्थ सल्लाहकारका साथै भारतीय राजदूत रेसहित दूताबासका डिसिएम विनय कुमार सहभागि रहेको स्रोतले जनाएको छ । सो क्रममा ओलीले आफू नेतृत्वको सरकारलाई सहयोग गर्न राजदूत रेमार्फत भारतसँग आग्रह गरेको स्रोतको दाबी छ । यस्तै प्रधानमन्त्रीले मधेसी मोर्चाको माग अनुसार संविधानपनि संशोधन गरिएको तर अझैं पनि उनीहरुले आन्दोलन गर्न नछाडेको भन्दै समस्या सिर्जना भएको बताएका थिए । 

उनीहरुको माग पूरा भइसकेको अवस्थामा पनि आन्दोलन नरोक्नु आचर्यजनक भएको उनले बताएका थिए । वार्ताका क्रममा भारतीय राजदूत रेले आफूहरुले नेपालमा शान्ति र स्थायित्व चाहेको धारणा राखेका थिए । सरकारबारे भने उनले ओलीसँग खुलेर कुरा नगरेको स्रोतको दाबी छ । एमाओवादीको बलियो समर्थनमा बनेको ओली सरकार पछिल्ला दिनहरुमा संकटमा परेको चर्चा चलिरहेको बेला ओलीले भारतीय राजदूतलाई रात्रीभोज दिएर गोप्य वार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Labels: Entertainment, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com