• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » चितवनका तीन जना विद्यार्थी शुक्रबारदेखि बेपत्ता, खोजी कार्य गरिदिन परिवारको सबै फेशबुक प्रयोगकर्तामा अपिल
चितवनका तीन जना विद्यार्थी शुक्रबारदेखि बेपत्ता, खोजी कार्य गरिदिन परिवारको सबै फेशबुक प्रयोगकर्तामा अपिल


रत्ननगर, १९ वैशाख । पूर्वी चितवनका ३ जना विद्यार्थीहरु गत शुक्रबार देखि बेपत्ता भएका छन् । कालिका नगरपालिका, वडा नं. ६, खोलेसिमलका अस्विन धमला, कालिका–६, गुराउचौरका थोमस लामिछाने र कालिका–८, लंकालाईनका राजु गुरुङ्ग बेपत्ता भएको परिवारजनले जनाएका छन् । 

स्थानीय सिद्धिविनायक आवासिय मा.वि. मा कक्षा ८ मा अध्ययनरत १४ वर्षिय विद्यार्थीहरु विद्यालय जान भनी घरबाट हिडेका र खोलेसिमल बजारबाट बेपत्ता भएको थोमस लामिछानेको बुबा विवेक लामिछानेले जानकारी दिनुभयो । घरबाट केहि रकम समेत लिएर गएकाले उनीहरुको खोजी कार्य भईरहेको परिवारजनले बताएका छन् । 

बेपत्ता विद्यार्थीको खोज तलास गरी पाऊँ भनी इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीमा निवेदन दर्ता भएको र सोही अनुसार खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । बेपत्ता विद्यार्थीहरुलाई देख्नु हुने वा भेट्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालय वा अभिभावकको फोन नं. ९८४५०४४३१३, ९८०४२२९२३७ र ९८५१००९४७४ मा खबर गरिदिनुहुन समेत परिवारजनले अपिल गरेका छन् ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com