• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » ५० करोड बोकेर वामदेव प्रचण्डकहाँ पुगेपछि एकाएक राजनीतिले यु-टर्न लिएको सनसनीपूर्ण खुलासा !
५० करोड बोकेर वामदेव प्रचण्डकहाँ पुगेपछि एकाएक राजनीतिले यु-टर्न लिएको सनसनीपूर्ण खुलासा !


नेपालको संसदीय राजनीतिमा प्रचण्ड कतिसम्म छल र षडयन्त्रको राजनीति गर्न खप्पिस छन् भन्ने कुरा उनको रातारात बदलिएको राजनीतिले प्रष्ट पारेको छ । 

लामो समय संसदीय राजनीति गरेर अभ्यस्त भएको नेपाली कांग्रेस र यसका नेताहरुलाई समेत तीन छक्क पार्दै प्रचण्डले संसदीय राजनीतिमा अर्को चमत्कार गरेका छन् । 

रातारात भएको यस्तो चमत्कारमा प्रचण्डको कुनै क्रान्तिकारी विचार र रणनीतिले काम गरेको होइन । यसमा विदेशी हस्तक्षेप र षडयन्त्रले ठूलो काम गरेको छ । 

खासमा नेपालको राजनीतिमा भारतीय प्रभावलाई उछिन्दै हिजोआज पश्चिमा शक्तिहरुको बढ्दो हस्तक्षेपले काम गरेको छ । संविधान घोषणाको मितिदेखि अहिलेसम्म आउँदा नेपालमा पश्चिमाहरुको प्रभावले नेपालको राजनीतिलाई चमत्कारिक परिवर्तन गरिदिएको छ । 

ओली सरकारको गठवन्धन छोडेर कांग्रेस गठवन्धनमा जाने निर्णयमा पुगेको एमाओवादी र यसका नेताहरु रातारात ओली सरकारलाई टिकाउने निर्णयमा पुग्न पश्चिमा शक्तिकेन्द्रको ठुलो हात रहेको छ । 

प्रचण्डको १८० डिग्रीको युटर्नमा पश्चिमा शक्तिको हात रहेको छर्लङ्ग भएको छ । विशेष सूत्रहरुले भन्छ –प्रचण्डलाई ओली छोडेर जान ठूलो आर्थिक चलखेल थियो भने ओली गठवन्धनलाई टिकाउन त्यो भन्दो ठूलो चलखेल भएको छ । 

जनपाटीले लेखेको थियो– ‘३२ करोडमा किनिएको प्रचण्डको राष्ट्रवाद’ भनेर । जुन राष्ट्रवाद प्रचण्डको नक्कली राष्ट्रवाद थियो । ओली गठवन्धनलाई छोड्न प्रचण्डलाई भारतीय दबाबसँगै ठूलो आर्थिक चलखेल पनि भएको थियो । 

जहाँ प्रचण्डलाई भारतले ३२ करोड दिएको उच्च स्रोतले जनपाटीलाई बताएको थियो । तर विहीबारको दिन भएको राजनीतिक र आर्थिक चलखेलले नेपालको राजनीतिक समीकरणले फेरि अर्को मोड लियो । 

विहीबार भएको राजनीतिक र आर्थिक चलखेलमा पश्चिमा शक्तिको हस्तक्षेपले ठूलो काम गरेको राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन् । चुरो कुरो के भयो भने एमाओवादी अध्यक्ष प्रचण्डलाई रातारात राजनीतिक दबाबसँगै आर्थिक दबाबले काम गरेको बुझिएको छ । 

यस्तो हुनुमा पश्चिमाले एमालेमार्फत ५० करोडमा प्रचण्डलाई खरिद गरेपछि ओली गठवन्धनको सरकार केही समयका लागि टिक्न पुग्यो । ओली गठवन्धनका बलिया हस्ती वामदेव गौतम प्रचण्डकहाँ ५० करोड बोकेर गएपछि एकाएक राजनीतिक समीकरण बदलिएको हो । 

अहिलेको राजनीतिक समीकरणमा एमाओवादीले एमाले नेतृत्वको सरकारलाई कम्तिमा ४ महिना टिक्न दिने । त्यसपछि प्रचण्डको नेतृत्वमै नयाँ सरकार बनाउने सहमतिमा एमाले र एमाओवादी पुगेका छन् । यसरी ओली सरकार केही समयका लागि टिक्यो र प्रचण्डको राजनीतिक र आर्थिक चमत्कारले ठूलो काम गर्‍यो । जनपाटी पत्रिकामा छापिएको छ ।

श्रोत : DC Nepal

Labels: Comedy, Entertainment, News

1 comments

Anonymous
May 8, 2016 at 8:40 PM

यस्तो पैसा को लागि मर्ने नेताले कहाँ देशको लागि मर्छ?
देश त गयो खेर अब अफ्रिकि देश भन्दा पनि गयेगुज्रेको हुन्छ हाम्रो देश।
एक अर्का मै मारामार झगडा घोटाला हत्या बलात्कार ले सकिन्छ यो देश।।

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com