• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » एमाओबादीमा नारायणकाजी श्रेष्ठ ले गरे एक साहसीपूर्ण काम, प्रचण्ड पुत्र र महरालाई यसरी रोके
एमाओबादीमा नारायणकाजी श्रेष्ठ ले गरे एक साहसीपूर्ण काम, प्रचण्ड पुत्र र महरालाई यसरी रोके



एमाओवादीका १५ नेताको चीन भ्रमण भोलिदेखि 

काठमाडौं: एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा जाने सूचीबाट महासचिव कृष्णबहादुर महरा र अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको नाम हटाइदिएका छन् । अन्तर्राष्ट्रिय विभागका इन्चार्जसमेत रहेका श्रेष्ठको असन्तुष्टीपछि चिनियाँ कम्युनिष्ट पार्टी र काठमाडौस्थित चिनियाँ दुतावासले पठाएको पत्रलाई हेरफेर गर्न लगाएर महासचिव महरा,पुत्र प्रकाशको नाम चीन भ्रमणमा जाने सूचीबाट हटाइएको विश्वस्त स्रोतले जनाएको छ । 

स्रोतका अनुसार हालै भारत भ्रमणबाट फर्किएका महरालाई चीनले नामै किटेर निमन्त्रणा गर्नुलाई एमाओवादीले अर्थपूर्ण रुपमा लिएका कारण उनको नाम सूचीबाट हटाइएको हो । चिनिया कम्युनिष्ट पार्टीले चिनिया दुतावासको राजनीतिक डेक्स मार्फत पठाएको निमन्त्रणापत्रमा महरा,प्रकाश र एक जना पत्रकारसहित १५ जनालाई चीन भ्रमणमा पठाइदिन आग्रह गरिएको थियो । 

त्यस्तो पत्र प्राप्त गरेपछि पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले चिनिया राजदूत ऊ चुन्ताईलाई आफनै निवास ललितपुरको हरिसिद्दीमा बोलाएर चिनिया कम्युनिष्ट पार्टीले पठाएको पत्र उपयुक्त नरहेको भन्दै सच्याएर अर्को पत्र पठाउन आग्रह गरेका थिए । 'कुनै नेता र कुनै नेताको छोराको नाम किटेर बोलाउने तरिका ठीक होइन' श्रेष्ठले राजदूत चुन्ताईसँग व्यक्त गरेको भनाई उधृत गर्दै पार्टीको अन्तर्राष्ट्रिय विभागका एक सदस्यले बताए । व्यक्तिको नाम तोकेर आएको निमन्त्रणापत्रलाई एमाओवादी नेतृत्वले अस्वभाविक ठानेको छ । चिनिया राजदुतावास मार्फत आएको चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणापत्रका बारेमा अध्यक्ष दाहाल पनि जानकार थिए । 

स्रोतका अनुसार कसैको नाम नै तोकेर आएको निमन्त्रणामा 'कुनै नेतालाई पनि नपठाउनु' भनेर अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय विभागलाई निर्देशन दिएका थिए । त्यसपछि श्रेष्ठले राजदूत चुन्ताईलाई बोलाएर असन्तुष्टी व्यक्त गरेका थिए । श्रेष्ठको असन्तुष्टीपछि राजदूत चुन्ताईले तत्कालै कुनै नेताको पनि नाम उल्लेख नगरीकन अर्को निमन्त्रणापत्र पठाएका थिए । त्यसपछि चीन भ्रमणमा जान नेताहरुको नयाँ सूची अन्तर्राष्ट्रिय विभागले तयार गरेको हो । एमाओवादीले स्थायी समिति सदस्य चन्द्रप्रकाश खनाल 'बलदेव'को नेतृत्वमा सोमबार मध्यान्ह चीन भ्रमणमा जाने टोली चयन गरेको छ । 

टोलीको उप नेतामा पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी रहेकी छिन । त्यसैगरी भ्रमण टोलीमा केन्द्रीय कार्यालयका सचिव प्रकाश पोखरेल,मधेशका नेता हकिकुल्लाह मुसलमान, अन्तर्राष्ट्रिय विभागका सदस्य सुनिलकुमार पौडेल,मधेशका नेता दिलिप साह,अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल,महिला नेतृ विमला केसी,भारत प्रवासका नेता युवराज भण्डारी,तेह्रथुमका पार्टी अध्यक्ष दुर्गाप्रसाद चापागाई,बिराटनगरका पत्रकार बिबेक गौतम,अछामका पार्टी सचिव लोकबहादुर बोहोरा,मकवानपुरका पार्टी कोषाध्यक्ष प्रमिला पुलामी,रुकमका पार्टी नेता बिशाल शर्मा, पूर्व जनमुक्ति सेनाकी लडाकु कमाण्डर कमला नहर्की भ्रमण टोलीमा छन । 

'अन्तर्राष्ट्रिय विभागको सिफारिस र केन्द्रीय कार्यालयको निर्णयको आधारमा टोली छनौट गरिएको हो' भ्रमण टोलीका सदस्य समेत रहेका एमाओवादी केन्द्रीय सदस्य प्रकाश पोखरेलले अन्नपूर्णसँग भने, 'चिनियाँ कम्युनिष्ट पार्टी र एमाओवादी, नेपाल र चीनवीचको सम्बन्धबारेमा छलफल हुन्छ ।' उनीहरु जेठ ५ गते स्वदेश फर्कने गरी जहाजको टिकट बनेको दाहाल निकट एक नेताले बताए । 

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा जान लागेको टोलीले चीनका पहाडी प्रान्त, सामुन्द्रीक प्रान्त र राजधानी बेइजिङको भ्रमण गर्नेछ । ग्रामीण क्षेत्रको पूर्वाधार विकास र अल्पसंख्यक समुदायको अवस्थाबारेमा उनीहरुले जानकारी लिनेछन् । चिनियाँ अन्तर्राष्ट्रिय विभागका अधिकारीहरुले चिनियाँ कम्युनिष्ट पार्टीको संगठन विकासबारेमा उनीहरुलाई बेइजिङमा जानकारी गराउने कार्यक्रम छन । यसअघि एमाओवादी अध्यक्ष दाहालका नातिनीहरु र गृहमन्त्री शक्तिबहादुर बस्नेतकी छोरीलाई भूकम्पपीडितको कोटामा चीन भ्रमणमा पठाएको बिषयमा पार्टी भित्र तीब्र बिरोध भएको थियो ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com