नेपाली नायक शिब श्रेष्ठ पनि ठगी धन्दामा, ब्यापारी बालकृष्ण पंगेनी बाट १५ लाख ठगी गरेको आरोप (भिडियो सहित)

डेली न्युज पोखरा, २० बैशाख, काठमाडौँ :नेपाली नायक शिब श्रेष्ठलाई १५ लाख ठगिको आरोप लागेको छ । तिन बर्ष अगाडी अष्ट्रेलियामा पढ्नका लागि बसेकी छोरीको लागि भन्दै काठमाण्डौका व्यापारी बालकृष्ण पंगेनी संग १५ लाख पैसा १५ दिनका लागी भनेर लएका श्रेष्ठले आज तिन बर्ष बितिसक्दा पनि एक पैसा पनि फिर्ता नदिए पछि पंगेनीले हार गुहार गर्न थालेका छन् । नेपाली कलाकार भनेर बिश्वास गरी एक बचनमै मैले पैसा दिए तर १५ दिनको लागि छोरीको परिक्षाका लागि भनेर लगेका थिए तर आज तिन बर्ष बितिसक्दा पनि पैसा फिर्ता गर्नु त कता हो कता फोनको रेस्पोन्स पनि दिदैनन् ।
“नेपाली कलाकार यस्ता सम्म हुन्छन भन्ने सोचेको थिईन पंगेनिले फिल्मीजुम संगको कुराकानीमा बताए । शिब श्रेष्ठले १५ लाखमा आफ्नो ईज्जत फल्लान जस्तो लागेको थिएन , म कलाकार लाई सधै सम्मान गर्ने मानिस हँु , त्यसैले सानोतिनो लेनदेनमा किन अदालत धाएर राष्ट्रको गहना मानिएका कलाकारको वेईज्जत गर्ने भनेर आजसम्म कुरे तर मेरो मौनताको फाईदा उठाए श्रेष्ठले” पंगेनीले थपे । नेपाली सिने क्षेत्रमा दशकौ काम गरि आफ्नो छुट्टै पहिचान बनाएका श्रेष्ठको यस्तो किसिमको समाचार बाहिरिनु भनेको नेपाली चलचित्र क्षेत्रकै बदनामको बिषय हो । फिल्मीजुमले शिब श्रेष्ठसंग थथार्थ कुरो जान्न खोज्दा उनको फोन लागेन । साभार: फिल्मिजुम.कम
श्रोत : Daily News Pokhara

0 comments
Write Down Your Responses