• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, News » यी अपराधीले आफ्नै कान्छी श्रीमतीको हत्या गरि बाहिरबाट कोठामा ताला लगाएर फरार भएका थिए
यी अपराधीले आफ्नै कान्छी श्रीमतीको हत्या गरि बाहिरबाट कोठामा ताला लगाएर फरार भएका थिए


shyam-photo

भक्तपुरको सूर्यबिनायकमा कोठा भाडामा बस्दै आएकी एक युवतीको रहस्यमय मृत्यु सुल्झिएको छ । काभ्रे जिल्ला महादेवस्थान वडा नं. ८ निवासी २८ बर्षीय श्याम श्रेष्ठले कान्छी श्रीमती १८ बर्षीया अन्जना थापाको हत्या गरेको खुलेको महानगरीय प्रहरी बृत जगातीले जनाएको छ । 

१७ दिन अघि हत्या गरि फरार रहेका श्रेष्ठलाई दाङबाट प्रहरीले नियन्त्रणमा लिएपछि अन्जनाको हत्या प्रकरणको रहस्य खुलेको हो । श्रेष्ठले कान्छी श्रीमतीको हत्या गरेको स्वीकार गरेको वृत्तका प्रमुख मित्रबन्धु शर्माले बताउनुभयो । सूर्यबिनायक चोकस्थित गणेश दुवालको घरमा कोठा भाडामा बस्दै आएकी मृतक थापाको शव शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले हत्यामा संलग्न शंकास्पद ब्यक्तिको खोजी जारी राखेको थियो । 

अनुसन्धान जारी राखेको प्रहरीले शंकास्पद ब्यक्ति उनकै पति फरार रहेपछि उनको खोजी कार्यलाई तिब्रता दिएको थियो । केही समयको कसरतपछि उनलाई दाङबाट नियन्त्रणमा लिएको वृत्तका प्रमुख शर्माले बताउनुभयो । नुवाकोट रातमाटे– १ घर भई हाल भाडामा बस्दै आएकी थापाको शव कोठाबाहिर ताल्चा लगाएको र भित्र ब्ल्याङकेट ओढेको अवस्थामा भेटिएको थियो । खाटमा सुतेको र नाकबाट रगत आएको अबस्थामा उनको शव भेटिएका थियो ।

Labels: Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com