• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » NRN का अध्यक्ष शेष घलेको छोरो भन्दै ठग्ने पक्राउ
NRN का अध्यक्ष शेष घलेको छोरो भन्दै ठग्ने पक्राउ



कास्की, जेठ ९ – आफू शेष घलेको छोरा भएको भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने एक जनालाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ । तनहूँको मनपाङ–२ शेराटार स्थायी घर भई चितवनको पार्वतीपुर बस्ने २७ वर्षका राज भन्ने चित्रकुमार श्रेष्ठलाई वडा प्रहरी कार्यालय बैदाम पोखराले पक्रेको हो । श्रेष्ठले आफू शेष घलेको छोरा आकाश घले भएको र अहिले अमेरिकामा बस्दै आएको भन्दै आकाश घलेकै नामको फेसबुक तथा भाइवरबाट केटी साथी बनाउने र अमेरिका आउन चाहे नेपालमा रहेका आफ्नो साथीलाई भेट्न भन्ने गरेका थिए । भेट्न चाहनेलाई आफै आकाश घलेको साथी बनेर भेट्ने र केटीलाई अमेरिका पठाइ दिने आश्वासन दिँदै ठगी गर्ने गरेको पाइएको कास्की प्रहरीले जनाएको छ । 

उनले फेसबुक तथा भाइबरबाट केटी साथी बनाई विभिन्न बहानामा ठगी गर्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनले प्रारम्भिक सोधपुछको क्रममा आफू गएको १० वर्षदेखि मलेसियामा अवैध कामदारका रुपमा रही गएको वैशाख २५ गते मात्रै नेपाल फर्किएको बताएको कास्कीका प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले जानकारी दिनुभयो । यस बारेमा थप अनुसन्धान भइरहेको बताउँदै एसपी अर्यालले यस्तै प्रकृतिको घटना कसैसँग घटेको भए वडा प्रहरी कार्यालय बैदाम वा जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न अनुरोध समेत गर्नुभएको छ ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com