• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » विदेशबाट श्रीमानले कमाएर ल्याएको रकम र गर गहनासहित श्रीमती वेपत्ता
विदेशबाट श्रीमानले कमाएर ल्याएको रकम र गर गहनासहित श्रीमती वेपत्ता




शैलेन्द्र महतो/उज्यालो । जनकपुरधाम, जेठ ९ – महोत्तरीको डाम्हीमडै ९ बस्ने सुरेश मुखिया विदेशबाट फर्किएको एक महिनामै श्रीमती तेतरी वेपत्ता हुनुभयो । ३ वर्ष मलेसिया बसेर गएको चैतमा स्वदेश फर्किएका सुरेशले कमाएर ल्याएको रकममात्र होइन विवाहको बेलाका गर गहनासमेत लिएर तेतरी घरबाट हिँड्नुभएको हो । सुरेशका अनुसार तेतरी वैशाख १३ गते कोहि नभएको मौका छोपेर घरमा रहेका नगद र गरगहना लिएर भाग्नु भएको हो । त्यसपछि तेतरीको केहि अत्तोपत्तो छैन । तेतरीको खोजीका लागि आफन्त, नातागोता र प्रहरी प्रशासनमा पुगेका सुरेश कतैबाट पनि तेतरीको खबर नआउँदा पीडामा परेको सुनाउनुहुन्छ । उहाँले तेतरी हराएको भनेर पत्र पत्रिकामासमेत सूचना निकाल्नु भएको छ । 

अहिले उहाँलाई आफ्नो कमाई बोकेर श्रीमती हिँडेको पीडाले मात्र होइन, तेतरलाई वेपत्ता बनाएको भनेर ससुराली पक्षले प्रशासनमा दिएको उजुरीले पनि सताउने गरेको छ । ‘श्रीमती र सम्पत्ति गुमाएको पीडा त छँदै छ’ सुरेश भन्नुहुन्छ ‘ससुराली पक्षले भने तेतरीलाई कहाँ लगिस भनेर मलाई नै तनाव दिने गरेका छन् ।’ सुरेशले नै तेतरीलाई वेपत्ता पारेका ससुराली पक्षको आरोप छ । तर सुरेश भने तेतरी अर्के पुरुषसँग भागेको र आफूले त्यो पुरुषलाई नचिनेको बताउनुहुन्छ । 

मलेसियाबाट फर्केपछि फेरियो तेतरीको व्यवहार 

विवाह गरेको एक वर्षपछि नै सुुरेश मलेसिया जाँदा दुखी रहेकी तेतरी सुरेशले मलेसियाबाट कमाएर पठाउन थालेपछि खुसी हुनुहुन्थ्यो । बेला बेलामा फोनमा हुने वार्तालापमा घर फर्किन आग्रह गर्ने गरेको सुरेशले सुनाउनुभयो । तर जब उहाँ ३ वर्ष मलेसिया बसेर घर फर्कनुभयो । तेतरीको व्यवहार अचानक परिवर्तन भयो । आफू आएदेखि नै तेतरीले राम्ररी नबोलेको उहाँले बताउनुभयो । 

सुरेश र तेतरीको २०६९ साल वैशाखमा सिरहाको मिर्चैया नगरपालिका १२ की १७ वर्षकी तेतरीसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।विवाह भएको १ वर्षपछि सुरेश घरपरिवारलाई सुख दिने र एक मात्र बहिनीलाई विवाह गर्नका लागि धन कमाउने भन्दै सुरेश मलेसिया हानिनुभयो । मलेसिया पुगेका सुरेशले आफूले कमाएको रकम बेलाबखत घरमा पठाइरहनु भएको थियो । रेमिट्यान्सबाट त्यो रकम तेतरीले नै बुझ्ने गर्नुभएको थियो ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com