आजको राशिफल – मिति वि.सं. २०७३ साल जेठ १० गते सोमबार तदानुसार इश्वी सन् २०१६ मे २३ तारिख
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। अर्थ अभावले योजना स्थगित हुन सक्छ। व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। अध्ययनमा समय दिन नसकिएला। लेनदेनको विवादले हानि पुर्याउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। फाइदाका लागि योजना गोप्य राख्नुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ। प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यावसायिक आम्दानी बढ्नेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। आफन्तहरूले उत्साह जगाउनेछन्। परिस्थिति अनुकूल बन्नुका साथै बाधाहरू हट्नेछन्। ईर्ष्या गर्नेहरूलाई निहुराउन सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। गल्तीबिनै अपजस आइलाग्न सक्छ। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। चिन्तन–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन पनि खर्च हुन सक्छ। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्यमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। कृषिमा कामको चाप बढ्न सक्छ। काममा कमै लाभ मिल्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। तापनि, केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पाइने समय छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलमिच्याइँले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। अनजानको गल्तीले हानि पुर्याउन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मेहनत गर्दा अलि कम मूल्य प्राप्त हुनेछ। तापनि उठ्नुपर्ने रकम हातलागी हुनेछ। स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुने समय छ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुने सम्भावना छ। सोचेको फाइदा उठाउन अलि नसकिएला। खर्चको मात्रा बढ्न सक्छ। परिस्थिति अन्योलमय बन्न सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आस मारेको कामले उत्साह जगाउनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्।


0 comments
Write Down Your Responses