• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
International, News, Prabash » प्रधानमन्त्री केपी ओलीले १३ वर्ष देखि दुबइ केन्द्रीय कारगारमा बन्दी रहेका अमरबहादुर बमलाई छुटाई दिन आग्रह गरे
प्रधानमन्त्री केपी ओलीले १३ वर्ष देखि दुबइ केन्द्रीय कारगारमा बन्दी रहेका अमरबहादुर बमलाई छुटाई दिन आग्रह गरे


dubai-nepal

८ वैशाख, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र युएइका विदेश तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नह्यानबीच आज भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालमा भूकम्पपश्चात् युएइ सरकारले तत्काल गरेको सहयोगप्रति धन्यवाद दिए । उनले नेपालमा संविधान जारी गरेर अव विकासको चरणमा लागेको समेत जानकारी गराए। 

प्रधानमन्त्री ओलीले युएइ सरकारलाई जलस्रोतलगायत क्षेत्रमा लगानी गर्न आह्वानसमेत गर्नुभएको प्रधानमन्त्री ओलीका परराष्ट्र विज्ञ गोपाल खनालले जानकारी दिए । दुई देशको लगानी संरक्षण र सम्बद्र्धन, सम्झौता र दोहोरो कर अन्त्य गर्नेलगायत छलफल अन्तिम चरणमा पुगेकाप्रति प्रधानमन्त्री ओलीले दुई सम्झौता सकारात्मक रहेको बताए । 

भेटमा प्रधानमन्त्री ओलीले नेपाली नागरिक अमरबहादुर बम सन् २००३ देखि दुबई केन्द्रीय कारागारमा रहेको र बम निर्दोष भएकाले आममाफी दिनका लागि आग्रहसमेत गरे । सवारी चालकको रुपमा काम गर्ने बमलाई भारतीय नागरिकको हत्या गरेको आरोप लागेको छ । युएइका विदेशमन्त्री नह्यानले यसबारेमा आफूले बुझ्ने वचन दिए । 

भेटमा युएइका विदेशमन्त्री नह्यानले भूकम्पपश्चात पुनःनिर्माणको कामलाई प्राथमिकता दिएकाप्रति खुशी व्यक्त गर्दै संविधान जारी गरेपछि नेपालमा ठूलो राजनीतिक परिवर्तन भएको र अब विकास गर्नुपर्ने चुनौती रहेको बताए । उनले नेपाल स्रोत र साधनले धनी राष्ट्र भएको र नेपाल पर्यटकीय आर्कषणस्थल बन्ने सक्ने र त्यसका लागि आफ्नो देशको सरकार सहयोग गर्न तयार रहेको जानकारी गराए । 

पछिल्लो छोटो समयमा युएइ सरकारले राम्रो आर्थिक विकास गरेको भन्दै विदेशमन्त्री नह्यानले दुई देशबीच दुई सम्झौता अगाडि बढाउन चाहेको बताए । साथै, उनले आगामी जनवरीमा हुन लागेको ऊर्जा सम्मेलनमा युएइमा आउनका लागि निमन्त्रणासमेत दिएको प्रधानमन्त्रीका परराष्ट्र विज्ञ खनालले जानकारी दिए । रासस

Labels: International, News, Prabash

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com