• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, News » हवाई जहाज उडाउने पाईलट कै प्रमाण पत्र नक्कली, नक्कली प्रमाण पत्र धारी पाईलट यसरी पक्राउ
हवाई जहाज उडाउने पाईलट कै प्रमाण पत्र नक्कली, नक्कली प्रमाण पत्र धारी पाईलट यसरी पक्राउ


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक पाइलटलाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै पक्राउ गरेको छ। गोमा एयरलाइन्समा को–पाइलटका रुपमा कार्यरत ३६ वर्षीय विशाल कार्कीलाई आइएस्सीको नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा पक्राउ गरिएको सिआइबीका प्रमुख डिआइजी नवराज सिलवालले बताए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरी प्राधिकरणबाट अनुमति पत्र प्राप्त गरेका बिमान चालकहरूको शैक्षिक प्रमाण पत्रहरू छानविन गर्ने क्रममा कार्की पक्राउ परेका हुन्। धनुषा जिल्ला भरतपुर १ घर भएका कार्की हाल ललितपुरको महालक्ष्मीस्थान बस्दै आएका कार्की २०१५ मा गोमा एयरमा आवद्द भएका हुन्। कार्कीलाई तीन दिनअघि ललितपुरको कुपन्डोलबाट पक्राउ गरिएको हो। 

उनले अस्कल क्याम्पसबाट २०६२/६३मा पास गरेको आइएस्सीको प्रमाणपत्र नक्कली भएको भन्दै प्रहरीले पक्राउ गरेको हो। कार्कीको नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ब्यक्तिगत ईजाजत पत्र (CPL(A) 486) रहेको सिलवालले बताए। सन् २००९/१० मा फिलिपिन्सको डेल्टा एयरलाइन्सबाट पाइलट कोर्स पूरा गरेका उनले हालै अमेरिकाबाट एपिटिएल कोर्स गरेका हुन्। 

सोही क्रममा बिज्ञान संकायको (Isc) नक्कली प्रमाण पत्र पेश गरी फिलिपिन्समा पाइलट कोर्स पुरा गरी प्राप्त गरेका कार्कीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनलाई सरकारी छाप दस्तखत कीर्ते ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने सिलवालले बताए। ६ दर्जन पाइलटहरुकाे शैक्षिक प्रमाणपत्र छानबिन भइरहेकाे उनले बताए।

Labels: Comedy, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com