• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News, Sports » कालिमाटीको जन प्रभात बाट टेस्ट फेल भएका पत्रकार ऋषि धमलाको प्रमाण पत्र कहाँं को हो ?
कालिमाटीको जन प्रभात बाट टेस्ट फेल भएका पत्रकार ऋषि धमलाको प्रमाण पत्र कहाँं को हो ?


नेपाल पत्रकार महासंघले कम्तिमा उच्च माध्यमिक तह उतीर्ण गरेकाले मात्रै पत्रकारिता गर्न पाउने विनियमको प्रस्ताव गरेको छ । एसएलसी उतीर्ण भएकाहरु पनि पत्रकार बन्न पाउने विनियमलाई संशोधनको प्रस्ताव चितवनमा जारी महासंघको विशेष साधारणसभामा पेश भएको बताइएको छ । 

महासंघले यो नियम ल्याएसँग पत्रकारिता गर्न चाहने तथा पत्रकारिता गरिररहेका समेत पत्रकारिता गर्नबाट बञ्चित हुने भएको छ । महासंघको यो विनियमसँगै पत्रकार ऋषि धमला पनि पत्रकार बन्न नपाउने चर्चा सुरु भएको छ । चितवनमा जारी साधारणसभामा समेत धमलाको नामै किटेर कतिपय पार्षदहरुले धमलाको खिल्ली उडाएको स्रोतको दावी छ । 

ऋषि धमलाले गाउँमा हुँदा आठ कक्षा मात्रै पास गरेको र टेस्ट परीछ्या कालिमाटीको जन प्रभात मा बि बाट २०४८ सालमा दिए पनि एस.एल.सी परीछ्या उतिर्ण भने हुन सकेको थिएन । एस.एल.सी परीछ्या समेत उतिर्ण नगरेका पत्रकार ऋषि धमलाले कुन स्कूलको प्रमाण पत्र देखाएर पत्रकारिता गरेका हुन् अख्तियार दुरुपायोग अनुसन्धान आयोगले छानबिन पनि गर्नु पर्ने सर्वसाधारणहरुले माग गर्दै आएका छन् । 

नक्कली सर्टिफिकेट कै भरमा बिभिन्न ठगहरुलाई पछील्लो चरणमा प्रहरीले पक्राउ गरे सँगै पत्रकार ऋषि धमलाको पनि सर्टिफिकेटको अनुसन्धान भई वास्तविक तथ्य सत्य छर्लङ पार्नु पर्ने देखिन्छ । पत्रकार बन्न नक्कली सर्टिफिकेट बनाई धाक लडाउँदै हिडेका आरोप समेत खेपेका धमला महासंघको विधान संशोधन पछी के हुने हो हेर्न बाँकी छ ।

श्रोत : कालीमाटी भ्वाइस 

Labels: Comedy, Entertainment, News, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com