• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » माओवादी एकतापछि गगनले भने, ‘कांग्रेस पतन हुने दिन सुरु भयो’
माओवादी एकतापछि गगनले भने, ‘कांग्रेस पतन हुने दिन सुरु भयो’


Gagan-Thapa1

७ जेठ, काठमाडौं । विभाजित माओवादीहरुबीचको एकीकरणपछि नेपाली कांग्रेसका युवा नेता गगन थापाले माओवादी एकताले कांग्रेसलाई चुनौती थपिएको बताएकाक छन् । पर्टीका नेता कार्यकर्तासँगको कुराकानीमा उनले फुटेका माओवादी जुट्नु भनेको अर्का दलहरुका लागि चुनौतीको विषय बनेको बताएका हुन् । 

माओवादी फुट्दै जाँदा अन्य दलले फाइदा उठाएको बताउँदै उनले जुटेपछि सबै सशंकित भएको समेत बताए । ‘बिहीबार भएको माओवादी एकताले सबै राजनैतिक दलको पतनको बाटो सुरु भएको छ, त्यसैल अब कांग्रेस नयाँ विचार र सिद्धान्तका आधारमा अघि बढ्नुपर्छ नभए कांग्रेस सिद्धिन्छ’ उनले भने । माओवादी एकता हुनु भनेको कांग्रेस सहितका राजनैतिक दलको पतनको बाटो सुरु भएको समेत उनले जिकिर गरे । 

प्रचण्ड मास्टर माइण्ड भएको मान्छे भएको प्रसंग कोट्याउँदै उनले माओवादीबीचको एकता प्रचण्डको भिजन र योजनाका कारणले भएको बताए । माओवादी पार्टी देशको एक नम्बरको बन्न सक्ने संकेत दिँदै उनले देश माओवादी नेतृत्व गर्न सक्ने समेत बताए । कांग्रेसभित्र निकै राम्रा र उदाउँदा युवाका रुपमा चिनिने गगनले माओवादी एकताको विषयमा मुख खोलेपछि राजनैतिक वृत्तमा समेत चर्चा भएको छ । ‘एकतापछि उहाँ निकै चिन्तित र भिजन बनाउन लाग्नुभएको छ, कांग्रेसलाई नयाँ ढंगबाट अघि बढाउनुपर्छ भन्ने उहाँको भनाई छ’ स्रोतले भन्यो । कांग्रेसलाई नयाँ ढंगबाट अघि बढाउन आफूले नेतृत्वलाई दबाब दिने समेत उनले बताए । नेतृत्व नसच्चिए कांग्रेस सकिने समेत उनको दावी छ ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com