• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News, ShortMovie » सुन्दरी नायिका झापाबाट प्रहरीले पक्राउ गरेको समाचार फेशबुक भरि सबत्र !
सुन्दरी नायिका झापाबाट प्रहरीले पक्राउ गरेको समाचार फेशबुक भरि सबत्र !


नायिका संचिता लुुईंटेललाई झापाबाट प्रहरीले समात्यो

सुन्दरी नायिका संचिता लुुईंटेललाई झापाबाट प्रहरीले पक्राउ गरेको छ । चलचित्र ‘राधा’को सुटिङमा व्यस्त यि नायिकालाई यहि फिल्मको एक दृष्यका लागि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हत्कडी लगाएर लैजादैं गरेको फोटो पठाउँदै संचिताले किन प्रहरीले समातेको हो त्यो भने खुलाउन चाहिनन् । उनले फिल्मको कथा अहिले नै नभन्ने बताएकी छिन् । 

केहि समयको अन्तरालपछि फिल्मको मुख्य भूमिकामा रहेर सुटिङका लागि झापा पुुगेकी संचिता आफ्ना फ्यानहरु देखेर निक्कै उत्साहित भएकी छिन् । सन्तान हुर्कान लागेर केहि वर्ष फिल्म क्षेत्र छाडेकी संचिताले छोराछोरी मात्रै भनेर बसेको भए आफूलाई सिनेमामा हेर्न चाहने दर्शकलाई अन्याय हुने राम्रैसँग बुुझेकी छिन् । योगेश घिमिरेको एक्सन कटमा इलामको श्री अन्तु डाँडामा ‘राधा’का गीत सुटिङ सकेर बाँकी सुटिङ्का लागी उनी अहिले झापामा छन् । यहि फिल्म मार्फत संचिता नायक जीवन लुुईंटेलको जोडीका रुपमा देखा पर्दै छिन् । फिल्ममा संगै काम गर्न मन भएर पनि संचिताले जीवनसँग स्क्रिन शेयर गर्न पाएकी थिइनन् । 

जीवनसँग मुख्य भूमिकामा रहरे अभिनय गर्न पाउँदा उनी निक्कै खुुशी छन् । संचिताकै आग्रहमा यो फिल्ममा नायक जीवनले छमछमी नाचेको उनका दर्शकले हेर्न पाउने भएका छन् । सफल चलचित्र ‘छोडी गए पाप लाग्ला’ पछि आफूले अर्को सफल चलचित्रमा अभिनय गर्न लागेको बताएकी संचिताले ‘राधा’को कथालाई दर्शकले मन पराउने बताएकी छिन् । महिलाको कथा र जनजीवनको प्रेम भाव बोकेर पर्दामा आउन लागेको राधामा आफूले अहिलेसम्मको फरक भूमिका निर्वाह गर्न लागेको उनको भनाई छ ।

Labels: Comedy, Entertainment, News, ShortMovie

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com