भारतकै भरमा दैनिकी चलाउने नेपालीले भारतलाई जिस्काएर गल्ती गरे : युवा नेता गगन थापा
काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले भारत नेपालभन्दा धेरै विकसित र सक्षम राष्ट्र भएको भन्दै भारतकै भरमा दैनिकी चलाउने नेपालीले भारतलाई जिस्काएर गल्ती गरेको आरोप लगाए ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा नेता थापाले भारतजस्तो शक्तिशाली राष्ट्रलाई चलाएर नेपालले ठूलो गल्ती गरेको दावी गरेका हुन् ।
गगनले भारतलाई निहुँ खोजेर नेपालका नेताले ठूलो गल्ती गरेको भन्दै नेपालीका अधिकांश शीर्ष नेताहरु समेत भारतले जन्माएको उनको दावी छ । उनले भने‘भारतसँग निहुँ खोज्ने नेता मुर्ख हुन् ।’
सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएर समेत ठूलो गल्ती गरेको भन्दै भारतसँग माफी माग्नुपर्ने धारणा राखे । गनले भारतसँग लामो समयसँग परजीवी भएर बस्न नहुने भन्दै नेपालले स्वदेशमै सम्भावनाको खोजी गर्नुपर्ने र त्यसका लागि भारतको सहयोग लिनुपर्नेमा जोड दिए ।
1 comments
Write Down Your Responses

May 11, 2016 at 3:53 AM
कांग्रेसमा एउटा त सच्चा नेता आयो भन्ने लागेको थियो तर त्यो पनि एकदेशको कथा नै हुने भो