• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » प्रचण्डले गर्जिदै भने ‘भारतीय दलालसँग मिलेर सरकार बनाउनुभन्दा एमालेसँगकै गठबन्धन उचित ठानेँ’
प्रचण्डले गर्जिदै भने ‘भारतीय दलालसँग मिलेर सरकार बनाउनुभन्दा एमालेसँगकै गठबन्धन उचित ठानेँ’



काठमाडौं, वैशाख २८ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग मिलेर सरकार गिराउने वा बनाउने खेलमा लाग्नुभन्दा एमालेसँगकै गठबन्धन उचित लागेकाले सरकार गिराउने खेलमा नलागेको स्पष्ट पारेका छन् । 

पार्टीका शीर्ष नेतासँगको समीक्षा बैठकमा बोल्दै उनले नेपाली कांग्रेस भारतीय दलाल भएको भन्दी भारतीय दलालसँग मिलेर सरकार बनाउनुभन्दा एमालेसँगको गठबन्धन उचित लागेको बताएका हुन् । एमाले र एमाओवादी गठबन्धनलाई जोगाएर लैजाने बताउँदै प्रचण्डले शेरबहादुर देउवाको इशारामा नलाग्ने समेत उद्घोष गरे । 

पार्टीका शीर्ष नेताहरुले सरकार ढाल्न असफल भएको र एमालेसँग आत्मसमर्पण गरेको भन्दै प्रचण्डको आलोचना गरेका थिए । प्रचण्डले भने रातभरी योजना बनाई एमालेलाई समर्थन गर्नु उचि ठानेकाले देउवालाई धन्यवाद मात्रै दिएको बताएका थिए । बैठकमा प्रचण्डले कांग्रेसलाई सकेसम्म सत्ता बाहिरै राख्ने रणनीति बुन्नुपर्नेमा जोड दिएका थिए । कांग्रेस शोषक पार्टी भएको भन्दै उनले कांग्रेससँग भन्दा एमालेसँग राम्रो सम्बन्ध राख्नुपर्ने उनको भनाई थियो ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com