• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
International, News, Prabash » साउदी बाट दुखद खबर : ओछ्यानमा ढल्केर मोबाइलमा कुरा गर्दागर्दै साउदीमा एक नेपालीको मृत्यु
साउदी बाट दुखद खबर : ओछ्यानमा ढल्केर मोबाइलमा कुरा गर्दागर्दै साउदीमा एक नेपालीको मृत्यु


खोटाङ, जेठ १ - ओछ्यानमा ढल्केर मोबाइलमा कुरा गर्दागर्दै साउदी अरबमा एक नेपालीको मृत्यु भएको छ। खोटाङको दिक्तेल नगरपालिका ५ का ३२ वर्षीय टिकाराम भनिने बिशाल राईको आफन्तसँग ओछ्यानमा ढल्केर बोल्दाबोल्दै मृत्यु भएको हो। 

आफन्त सन्तोष राईले दिउँसोको खाना खाने समयमा मोबाईलमा कुरा गर्दागर्दै बिशालको मृत्यु भएको जानकारी आएको बताएका छन् । पारिवारिक श्रोतले केही बेरअघिसम्म फोनमा कुरा गरिरहेका राई खाना तयार भएपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेको जनाएको छ। गत वर्ष साउदी अरब पुगेका उनको मृत्युको कारण भने खुल्न सकेको छैन। मृतक राईका श्रीमती, एक छोरी र दुई छोरा छन्।

Labels: International, News, Prabash

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com