• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, News, ShortMovie » नेपाल बाट दुखद खबर : दश मिनेटमै बजार बग्यो, एक जना मृत्यु, एक वेपत्ता
नेपाल बाट दुखद खबर : दश मिनेटमै बजार बग्यो, एक जना मृत्यु, एक वेपत्ता


IMG 2235

दहिखोला (दैलेख)–होटलभरी सडकमा काम गर्ने ६० जना मजदुरसहित बसेका रावत होटल सञ्चाल गोकर्ण रावत एक्कासी लेकतिरबाट ठूलो आवाज सुनेपछि बाहिर निस्किए। ठूलो पानी परेकाले उनी बाहिर निस्किएर हेर्दा बाढी दहिखोला नजिक आइसकेको थियो। 

उनी भित्र पसेर सबैलाई बाहिर निकाले । बजार वरिपरिका सवैलाई बाढी आएको खबर गरे। 'दश मिनेटमै सबै सुरक्षित स्थानतिर लागे,' उनले भने, 'एकै पटक बजार हेर्दाहेदै बगायो।' बजारका १३ घर केही पुरिए त केही बगेर कर्णाली नदीमा मिस्याएका छन्। क्षण्भरमै लेकबाट आएको दहिखोलाले बजार बगरमा परिणत गरेको स्थानीय बताउँछन्। ७ घर दैलेखतिरका रहेका छन् भने ६ घर कालिकोटतिरका बगेका छन्। करिव २ करोडको क्षति भएको अनुमान प्रहरी र स्थानीयले गरेका छन्। 

ब्यापारिक केन्द्रसमेत थियो दहिखोला। 'ठूलो पानी र असिना परिरहेको थियो,' दहिखोलामा लामो समयदेखि होटल संञ्चालन गरिरहेका गोकर्ण रावत भन्छन्, 'मैले सबैलाई घर छोड्न भनेको १० मिनेटमै बजार बगर भयो । खुसीको कुरा त धनभन्दा नी धेरैको ज्यान बच्यो ।' घर बग्नेहरुमा दैलेख पिपलकोट– ४ दहिखोलाका लगोकर्ण रावत, कटक थापा, रामबहादुर बस्नेत, भगीराम थापा, नरेन्द्र बस्नेत, हिक्मत रावत, जयबहादुर विष्ट र कृष्णबहादुर थापा रहेका छन्। त्यस्तै कालिकोट भत्ता – ६ दहिखोलाका जवनसिह सुनार, दत्तबहादुर रावत, मानबहादुर विष्ट, कलमबहादुर थापा, लालबहादुर कार्की, मानबहादुर बस्नेत र मनोज कार्कीको घर रहेको प्रहरीले जानकारी दिएको छ । खानो खोलामाथि ठूलाठूला ढुंगा आउन थालेपछि आफू भागेर बाचेको कटु बस्नेतले बताए। दहिखोला आसपास कालिकोट र दैलेखको सिमाना रहेको दहिखोलामा कर्णाली राजमार्ग सञ्चालनमा आएपछि बसेको बजार हो। 

एक जना मृत्यु, एक वेपत्ता 

शुक्रबार साँझतिर आएको बाढीले घर पुरिदा एक जना महिलाको मृत्यु भएको छ। पुरिएको मृत्युहुनेमा वर्ष ३५ वर्षकी गिता थापामगर रहेकी छिन्। त्यस्तै बेपत्ता हुनेमा सिहासैन – ९ का रंग विक रहेका छन्। भाग्दाभाग्दै पिपलकोटका विशाल सलामी घाइते भएका छन्। बाढी लगत्तै दहिखोलामा रहेका करिव १ सय २५ जना स्थानीय तथा रोडमा काम गर्ने कामदार भागेर ज्यान जोगाउन सफल भएका थिए । २ ट्याक्टर बगाएको छ भने एउटा मोटरसाइल बगाएको स्थानीयले बताए । 

घटनास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी प्रमुख वीरबहादुर ओली, समसुर गुल्मका गुल्मपती सुर्यकान्त घिमिरे उद्धारका लागि आएका थिए।उद्धारमा स्थानीयका साथै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। पहिरोले सडक नै अवरुद्ध भए पछि यातायातका साधनहरु ठप्प भएका छन् ।

Labels: Health, News, ShortMovie

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com