सनसनीपूर्ण खबर : साईप्रसमा गरिन रामेछापकी २० बर्षिया अन्जु सुनुवारले आत्मा हत्या
बार्सिलोना/ साईप्रसमा नेपाली युवतीले आत्महत्या गरेकी छन्। दुई बर्ष अघि घरेलु कामका लागि साईप्रस आएकी रामेछाप घर भएकी अन्जु सुनुवारले शनिबार आत्महत्या गरेकी हुन्।
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसका अध्यक्ष सुबास मल्लले सुनुवारको उमेर अन्दाजी २० देखि २२ बर्षको रहेको जानकारी थिए। अध्यक्ष मल्लले भने,” लिमासोलमा बस्दै आएकी सुनुवारले आत्महत्या गरेको जानकारी प्राप्त भएको छ, प्रारम्भिक जानकारी अनुसार,डिप्रेसनका कारण आत्महत्या भएको हुन सक्ने सुनुवारका साथीहरुबाट जानकारी प्राप्त भएको छ।”
घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
श्रोत : नेपाली नेपाली डट कम
श्रोत : नेपाली नेपाली डट कम

0 comments
Write Down Your Responses