• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, International, News » सेक्स प्रकरणपछि बदनाम भएका बलिउड नायिकाहरु
सेक्स प्रकरणपछि बदनाम भएका बलिउड नायिकाहरु

riya-sen_03


मुम्बई – शाइनी अहुजा ४६ वर्षका भए । उनले सन् २००३ मा ‘हजारो ख्वाहिशे ऐसी’ नामक चलचित्रमार्फत बलिउडमा डेब्यू गरेका थिए । उनले त्यसपछि ग्याङस्टार, वो लम्हे, लाईफ इन अ मेट्रो, भूल भुलैयाजस्ता हिट चलचित्र खेले । तर सन् २००९ मा उनीमाथि बलात्कारको आरोप लाग्यो । जसका कारण यि क्षमतावान् कलाकारको करियरमा विराम लाग्यो । शाइनी आहूजामाथि उनकै घरमा काम गर्ने एक कामदारले बलात्कारको आरोप लगाएकी थिइन् । कामदारका अनुसार श्रीमती घरमा नभएका बेला शाइनीले उनलाई बलात्कार गथ्र्ये । शाइनीले यस आरोपलाई खण्डन गरेपनि डिएनए परिक्षणपछि उनले बलात्कार गरेको पुष्टि भयो । सन् २०११ मा यस प्रकरणमा उनलाई ७ वर्षको जेल सजाय भयो । उनले सर्वोच्च अदालतमा आफू निदोर्ष रहेको भन्दै मुद्दा दायर गरेका छन् र मुद्धाको छिनाफोनो हुन बाँकी छ । 

पुनरागमन भएन 

बलात्कारको आरोपपछि पनि शाइनीले घोस्ट नामक चलचित्र खेले । तर सन् २०१२ मा रिलिज भएको उनको चलचित्र फ्लप भयो । यसपछि उनले सन् २०१५ मा वेलकम ब्याकमा पनि खेले । चलचित्र हिट भयो र शाइनीको करियरमा यसले कुनै फाइदा पुर्याएन । 

अरु को–को फसे सेक्स र बलात्कारको मामिलामा ? 

सन् २०१४ मा हैदरावादको बन्जारा हिल्समा एक सेक्स स्क्यान्डलमा श्वेता बासूको नाम जेडियो । उनी दुई महिनासम्म रेस्क्यू होममा बसेपछि घर फर्किएन् । यस विषयमा हैदरावादको अदालतले श्वेतालाई क्लिन चिट दिइसकेको छ । उनले मकडी, इकवाल, वाह लाइफ हो तो ऐसी जस्ता चलचित्रमा खेलेकी थिइन् । 

इन्दरकुमारमाथि सन् २०१४ को अप्रिलमा बलात्कारको आरोप लाग्यो । उनी सलमान खानसँग निकै नजिक थिए । यस आरोपपछि इन्दरकुमारलाई प्रहरीले पक्राउ गर्यो । उनी जमानतमा त्यतिबेलै रिहा भए । तर सलमानसँग वान्टेडमा काम गरेका इन्दरकुमार यस प्रकरणपछि फिल्मी दुनियाँबाट गायब भए । 

आदित्य पञ्चोलीमाथि पनि यस्तै बलात्कारको मुद्धा लाग्यो । त्यतिबेला उनी पुजा वेदीसँग प्रेम सम्बन्धमा थिए । आदित्यमाथि यस्तो मुद्धा लागेपछि पुजा बेदीले उनीसँगको सम्बन्ध नै टुंग्याइन् । 

अभिनेत्री ममता कुलकर्णीले राजकुमार सन्तोषीलाई आफ्नो पदको फाइदा उठाएर यौनहिंसा गरेको आरोप लगाइन् । ममतको आरोपले सञ्चारमाध्यममा ठूलै खलबली मच्चियो । ममताले यस्तो आरोप लगाएपछि सन्तोषीले कुनै पनि चलचित्रमा ममतालाई काम दिएनन् । यसै प्रकरणपछि ममताको करियर पनि छायाँ पर्दै गयो । 

सन् २००५ मा शक्ती कपूरले पनि चलचित्र खेलाउनका लागि युवतीसँग फाइदा उठाउन खोजेको भिडियो सार्वजनिक भयो । उनले युवतीलाई फकाएर यौन क्रियाकलापमा सहभागि गराउन खोजेको विषय एक स्टिंग अपरेशनबाट सार्वजनिक भयो । त्यसपछि शक्तीको पनि बद्नाम भयो । 

अस्मित पटेल र रिया सेनको एमएमएस भाइरल बनेपछि दुबैको ठूलो बद्नामी भयो । उनीहरु अभिनित चलचित्र सिलसिले प्रदर्शनमा आउनुभन्दा ठीक दुई दिनअघि यो भिडियो सार्वजनिक भएको थियो । दुबै कलाकारले चलचित्रका लागि यस्तो आपत्तिजनक दृश्य दिनुपरेको बताएर पन्छन खोजे । भिडियोमा उनीहरु यौन क्रियाकलापमा मस्त थिए । – एजेन्सीको सहयोगमा

Labels: Comedy, Entertainment, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com