• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News, Video » अब हिन्द र प्रशान्त महासागरमा नेपाली झण्डा सहितको पानीजहाज कुद्ने (भिडियो सहित)
अब हिन्द र प्रशान्त महासागरमा नेपाली झण्डा सहितको पानीजहाज कुद्ने (भिडियो सहित)


४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरिने दावी गरेका छन् । चालु आर्थिक वर्षको वृद्धि १ प्रतिशत भन्दा तल खुम्चिने अनुमान गरिएकामा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष कम्तिमा ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गरेर देखाउने दाबी गरे । 

मंगलबार काठमाडौमा अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठक उद्घाटन गर्दै कम्तिमा ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्नका लागि सरकारले घरघरमा रोजगारी सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिए । उनले आगामी आर्थिक वर्षलाई आर्थिक समृद्धि र उन्नतिको प्रस्थान वर्ष बनाइने बताए । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले बजेटमार्फत वाहीवाही बटुल्ने कार्यक्रम ल्याउने सुईंको पाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकार ढाल्ने प्रयासमा लागेको आरोप लगाए । उनले नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाउँ फेला नपारेर काँग्रेसले महत्वाकांक्षी कार्यक्रम भनेर विरोध गरेको भन्दै सरकार ढाल्ने कांग्रेसको प्रयासलाई सफल हुन नदिने प्रष्ट पारे । 

हिन्द र प्रशान्त महासागरमा नेपाली पानीजहाज 

उनले कांग्रेसको विरोधका वाबजुद काठमाडौ-तराई फास्ट ट्रयाक सरकारको लगानीमा बनाउने भन्दै केही वर्षभित्र नेपालले अाफ्नै पानीजहाज महासागरहरूमा चलाएर देखाउने उदघोष गरे । उनले सामान ढुवानी गर्न नयाँ नाका खोलिने बताउँदै केही समयपछि सरकारले बन्दरगाह आफैं लिने र सञ्चालन गर्ने पनि जानकारी गराए । यसरी पानीजहाज किनेपछि तीन दिनमै सामानहरू नेपाल ल्याउन सकिने उनको तर्क छ । उनले भने, ‘हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज चल्नेछन् ।’ 

भिडियो हेर्न यहाँ  क्लिक गर्नु होला 

प्रधानमन्त्री ओलीले रोजगारीका अवसर तलदेखि नै सुरु गरिने र त्यस क्रममा गाउँ-गाउँमा एकै पटक लाखौँ मानिसलाई रोजगारी दिइने बताए । प्रधानमन्त्री ओलीले आफूले पार्टीको प्रमुख तथा मुलुकको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेपछि राष्ट्रिय स्वाभिमानमा कसैले पनि प्रश्न उठाउने नसक्ने अवस्था सिर्जना भएको भन्दै गुटगत भेला गरेर असहयोग नगर्न नेताहरुसँग आग्रह गरे । अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठक बुधबारसम्म चल्ने छ । परिषद् बैठकमा देशभरिका २ सयभन्दा बढी महिलाको सहभागिता छ ।

श्रोत : अनलाईन खबर 

Labels: Comedy, Entertainment, News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com