• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » संघीय गठबन्धनले भोलि बालुवाटार घेराऊ गर्ने, प्रधानमन्त्रीलाई भित्रै थुन्ने घोषणा
संघीय गठबन्धनले भोलि बालुवाटार घेराऊ गर्ने, प्रधानमन्त्रीलाई भित्रै थुन्ने घोषणा


Police-ktm

काठमाडौं, ३ जेठ । राजधानी केन्द्रीत आन्दोलन गरिरहेको मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले चौथो दिन मंगलबार (भोली) प्रधानमन्त्री निवास बालुवाटार घेर्ने भएको छ । जेठ १ देखि राजधानीमा आन्दोलन सुरु गरेको गठबन्धनले आइतबार र सोमबार देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार घेराऊ गरेको छ । 

सिंहदरबार घेराऊ आन्दोलनको निकै प्रभाव परेको छ । सिंहदरबार घेराऊ कार्यक्रम सफल भएपछि थप दबाब दिन गठबन्धनले मंगलबार बालुवाटार घेराऊ गर्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए । ‘सिंहदरबारपछि अब बालुवाटारलाई निशाना बनाउने निष्कर्षमा गठबन्धन पुगेको छ । 

अबको आन्दोलनले शासकलाई झुकाएरै छाड्ने योजना छ’ उनले भने । उनका अनुसार सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा कब्जा गरी दुई दिनदेखि धर्ना प्रदर्शन गर्दै आएको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने भएको हो । आन्दोलनको स्वरुप र स्थान परिवर्तन गर्दै गठबन्धनले सिंहदरबारपछि वालुवाटार घेर्न लागेको गठबन्धनले जनाएको छ । 

गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरुले मंगलबार वालुवाटार तयारीमा जुटेका छन् । माग सम्बोधन गराउन प्रधानमन्त्री केपी ओलीमाथि प्रत्यक्ष र प्रभावकारी दबाव दिन प्रधानमन्त्री निवास वालुवाटार घेराऊ गर्न लागिएको गठबन्धनले जनाएको छ । 

प्रधानमन्त्रीलाई भित्रै थुन्ने 

यसैबीच बालुवाटार घेराऊको निर्णय गरेको गठबन्धनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भित्रै थुन्ने घोषणा गरेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक चौरासियाले भने- ‘बालुवाटार घेरेर प्रधानमन्त्रीलाई भित्रै थुन्ने वा विहानै निस्किहाले भित्र छिर्न रणनीति गठबन्धनले अख्तियार गर्नेछ । यसबारे थप योजना बनिरहेको छ ।’

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com